गृहमन्त्री थापाको सांसद पद खारेज थप सामग्री
आइतबार बिहान संघीय संसद्का महासचिव डा. भरतराज गाैतमले सूचना प्रकाशित गरी गृहमन्त्री थापाको राष्ट्रिय सभा सदस्य पद खारेज भएको जनाएका छन्।
संघीय संसद्को सूचनामा भनिएको छ, “नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) बमोजिम राष्ट्रिय सभा सदस्य माननीय रामबहादुर थापा मगरको पद रिक्त हुन आएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७५ को दफा ३५ को उपदफा (२) तथा राष्ट्रिय सभा नियमावली २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम राष्ट्रिय सभाका सम्मानीय अध्यक्षबाट स्वीकृत भए बमोजिम यो सूचना प्रकाशित गरिएको छ।”
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएपछि गृहमन्त्री थापा एमालेमा प्रवेश गरेका थिए। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले थापालाई एमाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।
त्यसपछि माओवादीले उनको सांसद पद खारेजीका लागि संसद् सचिवालयलाई सिफारिश गरेको थियो। राष्ट्रिय सभामा माओवादी संसदीय दलका नेता दीनानाथ शर्माले पठाएको पत्रका आधारमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले थापाको सांसद पद रिक्त भएको निर्णय गरेका हुन्।
गृहमन्त्री थापा बागमती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए। सांसद पद गएसँगै उनी गृहमन्त्रीबाट पनि हटेका छन्।
सम्बन्धित समाचार
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


