नेपालगञ्जमा आजबाट लकडाउन
नेपालगञ्ज स्थानीय प्रशासनले बुधबार राति १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र लकडाउन आदेश जारी गरेको छ। नेपालगञ्जमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले त्यसको चेन ब्रेक गर्नका लागि आज राति १२ बजेदेखि १५ गते राति १२ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभर अत्यावश्यक सेवाबाहेक निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताएका छन् ।
हाल नेपालगञ्ज उपमहानगरपालिकाभित्रका ७ सय ३५ जना संक्रमित रहेका छन्। प्रजिअ गेलालले जारी गरेको सूचनामा दैनिक उपभोग्य वस्तुहरु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ। स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षाहरु र हवाई सेवा सञ्चालन गर्न पाइने छ।
सम्बन्धित समाचार
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
यमराजको पूजा र विविध झाँकीसहित आज गाईजात्रा मनाइँदै
विपद व्यवस्थापनमा नेपाल चेम्बरले प्रहरीलाई गर्यो १७ सर्भिलेन्स ड्रोन हस्तान्तरण
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
लिपमोटर सी १० अब विशेष मूल्यमा, सांग्रिला मोटर्सले तोक्यो रु. ७५.९९ लाख
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल


