Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मन्‍त्रालयले दियो यस्तो चेतावनी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, बैशाख, १२
कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मन्‍त्रालयले दियो यस्तो चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब पनि सचेत नबने विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारका लागि अस्पतालमा ठाउँ नै नहुने चेतावनी दिएको छ । बढ्दो संक्रमण रोकथाम सम्बन्धमा सार्वजनिक सूचना सार्वजनिक गर्दै मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले यस्तो चेतावनी दिएका हुन् ।

‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन’, मन्त्रालयले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि बिचलिन हुन नदिऔँ, खबरदारी गरौँ । आफूले अरु सबैलाई संक्रमणको आशंकामा राखेर मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र हातको सरसफाइमा ध्यान दिने गरौँ ।’

Top Changing Nepal

युट्युब सट्स