शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । गत २४ घण्टामा देशभर ५ हजार ७६३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ५, उदयपुरमा ३, ओखलढुंगामा २, खोटाङमा २, झापामा ५२, ताप्लेजुङमा २, धनकुटामा ४, पाँचथरमा २, भोजपुरमा १, मोरङमा ३४, संखुवासभामा २, सुनसरीमा ६९, सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ ।
प्रदेश २ को धनुषामा १३, पर्सा १६३, बारामा ४१, महोत्तरीमा १०, रौतहटमा २४, सप्तरीमा ६, सर्लाहीमा १६ र सिरहामा ९ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र १९३२ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकमा १०५, चितवनमा १७७, दोलखामा ६, धादिङमा २०, नुवाकोटमा ५३, भक्तपुरमा २०८, मकवानपुरमा ७१, रामेछाप १६, ललितपुरमा ३५५, सिन्धुपाल्चोकमा ३५, रसुवामा १५, र सिन्धुलीमा २९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको बाग्लुङमा २९, कास्कीमा २१२, गोरखामा ६७, तनहुँमा १६, नवलपरासी पूर्वमा ४३, पर्वतमा ८, म्याग्दीमा १२, लमजुङमा ११ र स्याङजामा २० जनामा कोरोना पुष्टि भएको छ ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३१, कपिलवस्तुमा १८, गुल्मीमा १२, दाङमा २५१, नवलपरासीमा २८, पाल्पामा ३१, प्युठानमा ८, बर्दियामा ५५, बाँकेमा ५५१, रुकुम पूर्वमा २, रुपन्देहीमा ४२२ र रोल्पामा ११ जनामा कोरोना पाइएको छ ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोटमा ८, जुम्लामा ५, दैलेखमा ७, रुकुम पश्चिममा ७, सल्यानमा २५, डोल्पामा १, मुगुमा १ र सुर्खेतमा ९७ र हुम्लामा २ जनामा कोरोना भेटिएको छ ।
सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा ३७, कैलालीमा १२५, डडेल्धुरामा २३, डोटी २२, दार्चुलामा १, बाजुरामा ३ र बैतडीमा ३, बझाङमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

