यी हुन् राजीनामा दिन तयार ३३ एमाले सांसद (सुचीसहित)
काठमाडौं, २६ वैशाख । नेकपा एमालेभित्रको सत्तासंघर्ष अन्तिम अवस्थामा पुग्दा नेता माधवकुमार नेपाल समूहका सांसदहरु राजीनामाका लागि तयारी अवस्थामा छन् । राजीनामा दिनैपरे माधव नेपाल समूहका ३३ सांसद हस्ताक्षरसहित तयारी अवस्थामा छन् ।
राजीनामा दिन तयार भएकामध्ये २२ जना प्रत्यक्ष निर्वाचित हुन् । बाँकी ११ जना समानुपातिकतर्फका सांसद हुन् । समानुपातिकतर्फका सांसदले राजीनामा दिएमा बन्दसूचीमा रहेका त्यसभन्दा मुनीकाले अवसर पाउँछन् । तर, प्रत्यक्षतर्फ निर्वाचितको सिट खाली रहन्छ । उपनिर्वाचन गर्नुपर्छ या त अर्को चुनावसम्म सिट खाली नै रहन्छ ।
एमलोभित्रको अहिलेसम्मको अंकगणितमा कुल १२१ सांसद छन् । प्रत्यक्ष निर्वाचित कुल ७९ सांसदमध्ये ओली समूहमा ५७ जना देखिएका छन् । नेपाल समूहमा २२ जना छन् ।
नेपाल-खनाल समूहका प्रत्यक्ष निर्वाचित सांसदहरु
१. झलनाथ खनाल, इलाम १
२. माधवकुमार नेपाल, काठमाडौं २
३. योगेश भट्टराई, ताप्लेजुङ
४. जयकुमार राई,सुनसरी १
५. भवानी खापुङ,तेह्रथुम
६. यज्ञराज सुनुवार, ओखलढुंगा
७. गणेश पहाडी, सिन्धुली १
८. पवित्रा निरौला खरेल, झापा २
९. जीवनराम श्रेष्ठ,काठमाडौं ८
१०.नारायण खतिवडा, नुवाकोट १
११. विरोध खतिवडा,मकवानपुर २
१२. सुरेन्द्र पाण्डे,चितवन १
१३. घनश्याम भुसाल,रुपन्देही ३
१४. गोकर्ण विष्ट,गुल्मी १
१५. मेटमणी चौधरी,दाङ १
१६. हिराचन्द्र केसी, दाङ ३
१७.दिपकप्रकाश भट्ट,कञ्चनपुर ३
१८. राजवहादुर बुढा,दैलेख २
१९. झपट रावल, कैलाली २
२०. भीम रावल, अछाम १
२१. कृष्णलाल महर्जन, ललितपुर २
२२. सोमप्रसाद पाण्डे, पाल्पा खनाल
नेपाल-खनाल समूहका समानुपातिक सांसदहरु
१.रामकुमारी झाँक्री, गुल्मी
२. बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर
३. मुकुन्द न्यौपाने, काठमाडौं
४. कल्याणीकुमारी खड्का, रौतहट
५. लक्ष्मीकुमारी चौधरी, कैलाली
६. गंगा चौधरी सत्गौवा, दाङ
७. निरादेवी जैरु, डडेलधुरा
८. समिना हुसेन, रौतहट
९. पुष्पाकुमारी कर्ण यादव, पर्सा
१०. सरलाकुमारी यादव, रौतहट
११. कालिला खान, तनहुँ
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
