नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
जानकारी केन्द्र
२०७८, जेष्ठ, १
काठमाडौं, १ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८ हजार १६७ जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका १७८ जना र १० देखि १९ वर्षका ५०५ जना रहेका छन् ।
त्यस्तै, २० देखि २९ सम्मका १ हजार ७४९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक १ हजार ९२७ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ४५६, ५० देखि ५९ वर्षका १ हजार १४८ जना, ६० देखि ६९ का ६२७ जना छन् ।
त्यस्तै, ७० देखि ७९ का २८२ जना, ८० देखि ८९ का ९८ जना, ९० देखि १०० वर्ष उमेरका १९ जना र उमेर नखुलेका ५७ जना छन् । अहिले देशभर १ हजार ३३१ जना आईसीयूमा र ३७० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

