विदेशबाट फर्कनेलाई क्वारेन्टिन राख्न ११० होटेल तोकिए, खर्च आँफै व्यहोर्नुपर्ने
असार २२, काठमाडौं । सरकारले विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिन राख्नका लागि कुल ११० वटा होटेललाई अनुमति दिएको छ । पर्यटन विभागमा दर्ता भएका २७ र बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरि कुल ११० होटेल क्वारेन्टिनका रुपमा तोकिएको विभागले जनाएको छ ।
विभागको होटेल शाखाले आइतबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा होटेलको सूची बुझाएको हो । नेपाल सरकारले जारी गरेको पछिल्लो विदेशबाट नेपाल आगमन हुने यात्रुको व्यवस्थापन सम्बन्धी आदेश-२०७८ मा होटेल क्वारेन्टिनको व्यवस्थापनको जिम्मा पर्यटन बोर्डलाई दिएको छ । यसअघि यो काम नेपाल पर्यटन बोर्डसमेतको सहभागितामा गरिएको थियो ।
पाँचतारेदेखि पर्यटकस्तरीय होटेलसम्म
विभागका अनुसार यसरी तोकिएका होटेलमा पाँचतारे होटेल र रिर्सोटदेखि पर्यटक स्तरीय होटेल समेत छन् । विभागको तथ्याङ्क अनुसार हायात रिजेन्सी, द सोल्टी काठमाडौं, काठमाडौं मेरियट होटेल र र्याडिसन गरि चार वटा पाँचतारे होटेलले क्वारेन्टिनमा बस्ने यात्रु राख्ने छन् । गोकर्ण फरेष्ट रिर्सोट, क्लव हिमालय (नगरकोट), समिट होटेल र एयरर्पोट होटेलसमेत सूचीमा समावेश छन् ।
सरकारले निश्चित गन्तब्य तोकेर अन्तराष्ट्रिय हवाई यात्रा खुला गरेको छ । जसअनुसार विदेशमा खोप नलगाई आउने यात्रुले नेपालमा क्वारेन्टिन बस्नु पर्छ । खाडी मुलुकबाट आउने यात्रुले होटेल बुकिङ नगरेपनि नेपाल आउन दिइन्छ । तर, उनीहरु नेपाल आइसकेपछि भने तोकिएका होटेलमा आफ्नै खर्चमा क्वारेन्टिन बस्नु पर्छ । वैदेशिक रोजगारीबाट र्फकनेहरुले ५ दिनपछि पिसिआर परीक्षण गरी नेगेटिभ रिर्पोट आएमा घर-गन्तब्यमा जान पाउँछन् ।
हेर्नुहोस् होटलको सूची





सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

