श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकलाई कानुनअनुसार चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ । चाडपर्व खर्च नपाएको भन्दै विभिन्न श्रमिकबाट गुनासो आउन चालेपछि विभागले यस्तो निर्देशन दिएको हो ।
श्रम ऐन,२०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफुले मान्ने धर्म,संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि एक महिनाको आधारभुत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रुपमा पाउनुपर्ने व्यवस्था भएपनि कतिपय रोजगारदाता तथा प्रतिष्ठानको उक्त सुविधा उपलब्ध नगराएको गुनासो विभागमा पुगेको जनाइएको छ ।
विभागले चाडपर्व खर्च नपाएका श्रमिकलाई आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिन आग्रह गरेको छ । श्रमिकले इमेलमार्फत पनि उजुरी,गुनासा तथा सुझाव पठाउन सक्नेछन् । यसका लागि विभागले क्यूआर कोडको व्यवस्था समेत गरेको छ ।
विभागका प्रवक्ता मणिनाथ गोपले केही रोजगारदाता तथा प्रतिष्ठानले चाडपर्व खर्च उपलब्ध नगाराएको गुनासो प्राप्त भइरहेको बताए । उनले कानुनअनुसार श्रमिकलाई उक्त सुविधा उपलब्ध गराउन निर्देशन दिइएको उल्लेख गर्दै अटेर गर्ने रोजगारदातामाथि श्रम ऐनअनुसार कारबाही गरिने स्पष्ट पारे ।

सम्बन्धित समाचार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
