जन्मदिनमा रक्षाले सार्वजनिक गरिन छोरीसँगको तस्विर
बीचमा कतै गायब थिइन् उनी । तर, यसपटक उनी एउटा सरप्राइज लिएर दर्शकसामु सार्वजनिक भएकी छिन् । उनी अर्थात अभिनेत्री रक्षा श्रेष्ठ । आज जन्मदिन मनाउँदै गरेकी रक्षाले एउटा सरप्राइज खबर बहिर ल्याएकी छिन् । उनका प्रशंसकका लागि यो एउटा ठूलै खबर हुनुपर्छ ।
दुई महीना अघि जन्माएकी छोरीसँगको तस्विर उनले सामाजिक संजालमा सार्वजनिक गरेकी छन् । छोरीको नाम राखेकी छिन्: माहिरा गुरुङ । यो सरप्राइज आएलगत्तै उनलाई बधाइ दिनेको ओइरो लागेको छ । बधाइको दिनेको भीडमा उनीसँग अनस्क्रिन केमेस्ट्री मिल्ने जिग्री ब्रो अर्थात कुमार कट्टेल समेत छन् ।
बैशाख २३ गते छोरीलाई जन्म दिएकी रक्षाले आफू आमाको खबरलाई गोप्य राखेकी थिइन् । बुधबार आफ्नो जन्मदिन पनि परेको र छोरी पनि दुई महीना पुगेकाले सार्वजनिक गरेको उनले जनाएकी छिन् । मिडियामा आफूबारेका भ्रामक खबर आउन थालेपछि सत्यतथ्यका लागि छोरीको नामसहित बाहिर ल्याएको जनाएकी छिन् ।
कोभिडको कारण उनले जन्मदिन घरपरिवारसँगै मनाउन लागेकी छिन् । भद्रगोलसँगै रक्षाले अर्को सिरियल सक्किगो निमा अभिनय गरेकी छिन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
