Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

२४ घण्टामा २२३९ जना संक्रमित थपिए,१३१६ जना संक्रमणमुक्त

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, असार, २५
२४ घण्टामा २२३९ जना संक्रमित थपिए,१३१६ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप १३१६ जना संक्रमणमुक्त भएका छन् भने थप २० जनाको मृत्यु भएको छ ।

हाल २३ हजार ९२० जना होम आइसोलेसनमा, २ हजार ६ ७० जना संस्थागत आइसोलेसनमा, ५३९ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा रहेका छन् । ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र कास्की रहेका छन् ।

नेपालमा हालसम्म ४ लाख ६० हजार ७३४ जनाले कोभिसिल्ड खोपको दुई डोज लगाइसकेका छन् भने ५ लाख ३ हजार ७७४ जनाले भेरोसेल खोपको दुवै डोज लगाएका छन् ।

Top Changing Nepal

युट्युब सट्स