Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

२९०५ जना कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, असार, ३०
२९०५ जना कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार देशभर १८ जना संक्रमितको मृत्यु भएको छ भने १६ सय ६ संक्रमणमुक्त भएका छन्। गत चौबीस घन्टामा ८ हजार १०८ पीसीआर तथा ४ हजार ९ सय १६ एन्टिजेन परीक्षण भएको छ।

हालसम्म ३७ लाख ३० हजार ३ सय ४४ डोज खोप प्रयोग भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसमध्ये २६ लाख २१ हजार ४ सय ७६ जनाले पहिलो मात्रा लगाएका छन् भने ११ लाख ८ हजार ८ सय ६८ जनाले दोस्रो मात्रा पनि लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Top Changing Nepal

युट्युब सट्स