अध्यक्ष ओलीको अभिव्यक्तिका कारण मिल्ने सम्भावना नभएको माधव नेपालको ‘ब्रिफिङ’
नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले एमाले एकताको लागि अध्यक्ष केपी शर्मा ओली गम्भीर नभएको विश्लेषण गरेका छन् । पछिल्लो समय पार्टी एकताको लागि आफू गम्भीर बनेपनि अध्यक्ष ओली भने एकताविरोधी अभिव्यक्ति दिन व्यस्त रहेको उनको भनाई बुझाई छ । आफूनिकट नेताहरुसँग उनले ओलीले आफूबारे हिजो दिएको अभिव्यक्तिमा पनि चित्त दुखाएका छन् ।
हिजो एमाले काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओलीले माधव नेपाललाई अब एमालेमा कुनै स्थान नभएको टिप्पणी गरेका थिए । त्यतिमात्रै होईन, ओलीले नेता नेपाललाई देशद्रोहीको समेत संज्ञा दिएका थिए । ओलीको सम्बोधन मिडियामा छाईसकेकेको अवस्थामा आफ्नो समूहको अखिल फोर्सले आयोजना गरेको एक कार्यक्रममा नेता नेपालले भने ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिएनन् ।
उनले ओलीले देशद्रोही भन्दापनि कुनै जवाफ फर्काएका थिएनन् । बरु, साँझ आफूनिकट नेताहरुसँग उनले ओलीकै कारण एकता सम्भव नभएको धारणा राखेका थिए । आज विहान पनि नेता नेपाललाई भेट्न उनीनिकट नेताहरु सोमप्रसाद पाण्डेलगायत नेपाल निवास पुगेका थिए । तर, नेता नेपालले अब ओलीसँग मिल्ने सम्भावना न्युन बन्दै गएको र यसमा ओली नै बढि जिम्मेवारी रहेको धारणा राखेका थिए । अहिले तीन बजेबाट बस्ने बैठकमा समेत नेपाल पक्ष सहभागी नहुने भएको छ ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

