एम्बुलेन्स बाटै निकालेर अान्दोलनकारिले गरे प्रहरीको हत्या
आन्दोलनकारीको सांघातिक आक्रमणमा परी गम्भीर घाइते भएका सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी सहायक निरीक्षक थमनबहादुर वि.क. लाई उपचारको लागि अस्पतालतर्फ लैजानेक्रममा शुक्रबार बाटैमा अवरोध गरी एम्बुलेन्सबाट झिकेर हत्या गरेका छन् ।
पथलैयास्थित सशस्त्र प्रहरी गणबाट एफपियु छनौट परीक्षा सकेर फर्किने क्रममा बि.क.लाई आन्दोलनकारीले बाटोमा चेकजाँच गरी परिचयपत्र देखी मरणासन्न हुने गरी कुटपिट गरेका थिए । नेपाल प्रहरीले बि.क.लाई तत्काल उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको र त्यहाँ उपचार हुन नसक्ने अवस्था भएकोले जनकपुर अंचल अस्पतालमा एम्बुलेन्सद्वारा पठाउनेक्रममा महोत्तरी गाबिस–८ सोनखडा बजारमा पुग्दा स्थानीय आन्दोलनकारीले पुनः आक्रमण गर्दा उनको मृत्यु भएको हो । उनको शव नजिकैको धानखेतमा फेला परेको थियो । उनलाई लगेको एम्बुलेन्स आगजनीबाट पूर्णरुपमा क्षति भएको छ ।
घटनास्थलमा थप सुरक्षाकर्मी खटि गएर स्थिति नियन्त्रणमा लिएको नेपाल प्रहरिले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
