विमानको रङ प्रायः किन सेतो हुन्छ ? यस्ता छन् वैज्ञानिक कारण
एजेन्सी । तपाईले कहिल्यै सोच्नु भएको छ विमानको रङ प्रायःजसो सेतो किन हुन्छ ? यसको वैज्ञानिक र आर्थिक दुवै कारण छन् ।
पहिलो कारण त तातोबाट जोगिन हो । रनवे देखि उड्दासम्म अधिकतम समय विमान घाममा रहन्छ । यसमा सुर्यको इन्फ्रारेड किरण सिधै पर्छ । सेतो रङले सुर्यको किरणलाई रिफलेक्ट गरिदिन्छ । जसबाट विमान तातो हुँदैन र भित्र तापमान नियन्त्रित रहन्छ ।
अर्को कारण, विमानको बडी पार्ट सेतो रङको भए टाढैबाट सजिलै देख्न सकिन्छ । तर अन्य रङमा भने राम्रोसँग देख्न सकिदैन् ।
सेतो रङमा भिजिविलिटी अर्थात दु्श्यता अन्य रगको तुलनामा धेरै हुन्छ । यो रगलाई अन्धकारमा पनि सजिलै देख्न सकिन्छ । यसको साथै धेरै समय घाममा रहँदा अन्य रगहरु छिटै बिग्रने हुन्छ । जबकी सेतो रगमा लामो समयसम्म टिकीरहन्छ । यसले गर्दा पटक–पटक लाग्ने खर्च पनि बचाउँछ ।
२०११ को ह्युमन वाइल्डलाइफ इन्टरेक्शनमा प्रकाशित एक रिपोर्ट अनुसार सेतो रगबाट पक्षीहरु पनि टाढा भाग्छन् । अध्ययनबाट गहिरो र हल्का नीलो रगको विमानको रगबाट भन्दा सेतो रगको विमानमा चराहरुको घटना कम हुन्छन् । पक्षीले सेतो रगको विमानलाई सजिलै अन्दाज लगाउन सक्ने भएकोले आवश्यकता अनुसार आफ्नो दिशा परिवर्तन गर्न सक्छन् ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
राष्ट्रिय विपदमा शंकर ग्रुपको ४ करोड सहयोग,२५ लाखका टार्पोलिन टेन्ट पनि वितरण
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

