नेपालमा थप ४ जना संक्रमितले गुमाए ज्यान, आज कति थपिए ?
जानकारी केन्द्र
२०७८, मंसिर, ८
काठमाडौं । नेपालमा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३३२ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
७ हजार ५९० जनाको पिसिआर परीक्षण र २३३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नेपालमा हाल ७ हजार ३६९ जना सक्रिय संक्रमित छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४९३ पुगेको छ ।
२३२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ । त्यस्तै, काठमाडौं उपत्यकामा १८१ थपिएका छन् । काठमाडौंमा १४४, ललितपुरमा २६ र भक्तपुरमा ११ संक्रमित थपिएका छन् ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

