नेपालमा थप ३ जना संक्रमितले गुमाए ज्यान, आज कति थपिए ?
जानकारी केन्द्र
२०७८, मंसिर, ११
काठमाडौं । पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ४ हजार ९०७ पीसीआर र १ हजार ७२५ जनाको एन्टीजेन परीक्षणका क्रममा २१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ७२४ जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार १५६ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३२५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ४७ पुगेको छ ।
उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् । १७८ जना आइसीयू र ३० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

