मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता अनावश्यक धन खर्च हुनसक्छ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । मध्य साताबाट भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता भ्रमणको योग छ । साथीभाइ या परिवारजनसँग भेटघाट हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ राजनैतिक र सामाजिक क्षेत्रबाट जनताको गतिलो समर्थन पाइनेछ, तर खानपिनमा सावधानी अपनाउनु पर्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो हप्ता चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । समाजमा कीर्तिमानी काम गर्ने समय छ । समाजको प्रगतिमा मन रमाउनेछ । नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता प्रेम जीवनमा सफलता पाइनेछ । युक्ति बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान् । नसोचेको ठाउँबाट धनागम हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता पूर्व योजित यात्राका योजना विफल हुनेछन् । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । साताको उत्तरार्धबाट महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । घर जग्गाको लगानीबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता नयाँ कार्यको योजना बन्ने छ र नयाँ पदीय जिम्मेवारी पाइएला । भाग्यले विभिन्न अवसर जुराउनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी छ । साताको अन्त्यमा दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभकार्यमा सरिक भइनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट बढी लाभ हुनेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ र बढी धन खर्च होला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता कुनै कुराले मनमा शान्ति छाउनेछ । राजनैतिक वा सामाजिक क्षेत्रबाट जनताको गतिलो साथ र सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रका कामबाट सफलता मिल्नेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी पनि आउनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउने छ । शेयर बजारको लगानीले पनि राम्रो प्रतिफल नदेला । साताको उत्तरार्धबाट रोकिएका काम पुनः सुरु हुन सक्छन् । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता नयाँ ज्ञान सिकिने र नयाँ कामको थालनी हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । सामाजिक संस्थाबाट सहयोग मिल्नेछ । शुभ कार्यको योग पनि छ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता पुनर्मिलनको योग रहेको छ । वैदेशिक वा कूटनीतिक नियोगको काम अघि बढ्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ । आफन्तको सहयोग प्राप्त हुनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ साथै अकस्मात् धन सम्पत्ति हात पर्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो सातामा रोकिएका काम पुनः सुरु हुन सक्छन् । कृषि र घरायसी कामहरू अघि बढ्नेछ । प्रविधि मार्फत पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । राजनैतिक र सामाजिक संस्थाबाट सहयोग पनि पाइनेछ । शेयर बजारले पनि साथ देला । (अधिक जानकारीका लागि 977-9849559502)