देशभर बढ्यो चिसो, आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ ।
यी दुई प्रदेश बाहेक अन्य क्षेत्रमा भने आज मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । काठमाडौंसहित आसपासका क्षेत्रमा दिउँसो घाम लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । तर, भोलि भने काठमाडौं उपत्यकासहित वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ ।
मौसमविद् नगरकोटीका अनुसार आज राति पश्चिमी क्षेत्रबाट पश्चिमी वायु बिस्तारै पूर्वतर्फ सर्नेछ । प्रदेश-१ र २ बाहेक अन्य प्रदेशमा यसको प्रभाव भोलि देखिने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । आज काठमाडौंको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजको मौसम पुर्वानुमान
मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्यो विशेष सर्च गाइड
देशभर मनसुनी वायूको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
देशभर मनसुनी वायूको प्रभाव कायमै : आज यी प्रदेशमा भारी बर्षाको पूर्वानुमान
ट्रेन्डिङ
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान

