नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो । दक्षिण अफ्रिकाबाट आएका २ ब्यक्तिहरुमा उक्त सङ्क्रमण देखिएको हो ।
दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिर कुमार अधिकारीले जानकारी दिए ।