आगामी तीन दिन देशभर कुन क्षेत्रको मौसम कस्तो रहला ?
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशको पहाडी भूभागमा आंशिक बदली रहि देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
२०७८ मंसिर २६ गते (आईतबार)
दिउँसो : गण्डकी र प्रदेश १ मा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
२०७८ मंसिर २७ गते (सोमबार)
दिउँसो : सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मंसिर २८ गते (मंगलबार)
दिउँसो : गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : प्रदेश १ का पहाडी तथा हिमाली भूभागमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छ ।
सम्बन्धित समाचार
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने
नुवाकोट–रसुवाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

