यी २० जिल्लामा फाइजर खोप लगाइँदै, १२ देखि १७ वर्षका बालबालिकालाई लगाइने
जानकारी केन्द्र
२०७८, पुष, ३
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न २० जिल्लामा कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाउने भएको छ । मन्त्रालयले मोडर्ना खोप लगाइने ५७ वटा जिल्ला बाहेकका २० जिल्लामा फाइजर खोप लगाउने निर्णय गरेको हो ।
फाइजर खोप १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाइने छ । मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप अभियान १९ जिल्लामा चलाएको थियो । ती १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा फाइजर खोप अभियान सुरु हुन लागेको हो ।
फाइजर खोप अभियान पहिला ८ वटा जिल्लामा पुस १३ देखि २२ गतेसम्म सञ्चालन हुनेछ । यो अवधिमा पहिलो मात्रा फाइजर खोप लगाइने र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा दिइने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत