काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २६० जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ६ जना र ११ देखि २० वर्षका २९ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका ५० जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि ४३ जना रहेका छन् । ४१ देखि ५० वर्षका २९, ५१ देखि ६० वर्षका ४२ जना, ६१ देखि ७० का २० जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ११ जना रहेका छन् । ८० वर्षमाथिका ६ जना संक्रमित भएका छन् । १ जनाको उमेर खुल्न सकेको छैन । त्यसैगरी अहिले देशभर ५ हजार ४८ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


