Jankari Kendra
९ श्रावण २०८३, शनिबार

चार महिनापछि चीनमा सबैभन्दा धेरै संक्रमित भेटिए

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, पुष, १०
चार महिनापछि चीनमा सबैभन्दा धेरै संक्रमित भेटिए

एजेन्सी । चीनमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ । विगतमा संक्रमितको संख्या घट्दै गएपनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।

कोरोना भाइरसको सबैभन्दा पहिला पुष्टि भएको मुलुक चीनमा महामारीको न्युनिकरण भने अरु देशभन्दा राम्रोसँग भएको थियो । सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोना भाइरसको पुष्टि चीनमा भएको थियो ।

सुरुमा उच्च सतर्कता गरेकाले चाडो महामारी न्युनिकरण गर्न सफल भएको थियो भने चीनले कोरोना भाइरस विरुद्धको खोप पनि उत्पादन गरेको छ । चीनमा उत्पादन गरिएको खोप अहिले विश्वका धेरै देशका नागरिकले लगाइसकेका छन् ।

अहिले फेरि संक्रमितको संख्या बढ्न थालेपछि सतर्कता बढाउन थालिएको अधिकारीले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा १४० जना नयाँ संक्रमित भेटिएको पुष्टि गरिएको हो ।

युट्युब सट्स