उच्च शिक्षाकालागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिईदै
काठमाण्डौ । अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै Exclusively Australia Information Day हुने भएको छ ।
उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिंदै आएको e-planet -एजुकेशन प्लानेट_ ले ‘अष्ट्रेलिया जान अव नो झन्झट, ONE DAY – ONE SPOT It’s E-PLANET EXCLUSIVELY AUSTRALIA नाम गरी विषेश शैक्षिक जानकारी मुलक कार्यक्रम आयोजना गर्न लागेको हो ।
पौष २५ गते काठमाडौं स्थित आफ्र्नै संस्थाको केन्द्रीय कार्यलय बागबजार र २७ पौषमा भरतपुर गार्डेन रिसोर्ट चितवनमा आयोजना हुने यस कार्यक्रममार्फत अष्ट्रेलियाका उत्कृष्ट कलेज तथा युनिभर्सिटीहरुसंग त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत परामर्श दिइने छ । अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई त्यहाँको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृती लगायतका आवश्यक विषयमा एकै ठाउँबाट पर्याप्त जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
मेलामार्फत छात्रवृती सम्बन्धी जानकारी, IELTS प्राप्ताङ्कमा सुधार ल्याउने तरिका र अष्ट्रेलिया पुगेपछिको करियरका बारेमा पनि जानकारी दिइने छ । १५ भन्दा बढी युनिर्भसिटी तथा कलेज प्रतिनिधिमार्फत एकै दिन एकै छानामुनि सम्पूर्ण जानकारी दिने उदेद्देयले आयोजना गरिएको यस कार्यक्रममा Scholarships, Grants, Career Scope का साथै अष्ट्रेलियामा काम गर्न र छिटो–छरितो तरिकाले भिसा लगाउन चाहिने आवश्यक काजजात र आर्थिक लगानीको बारेमा समेत जानकारी दिइनेछ ।
कार्यक्रममा सहभागी हुने विद्यार्थीमध्ये एकजनालाई लक्कीड्र मार्फत ल्यापटप प्रदान गरिने कुरा पनि यस कार्यक्रमा जानकारी गराइएको छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
