Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

नेपालमा कोरोना संक्रमितको संख्या बढेको बढ्यै, आज थप ३५५३ जना नयाँ संक्रमित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, पुष, २९
नेपालमा कोरोना संक्रमितको संख्या बढेको बढ्यै, आज थप ३५५३ जना नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा ३५५३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २९२२ जना र एन्टिजन परिक्षण गर्दा ६३१ जना गरि जम्मा ३५५३ जना नयाँ संक्रमित थपिएका हुन् । बुधबार पनि ३०७५ जना कोरोना संक्रमित थपिएका थिए ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २७१ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९६.९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६१० रहेको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनाले कोरोना परिक्षण गरेका थिए भने तीन लाख ५६ हजार ४ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या १४ हजार ३४० रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स