Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

नयाँ वर्षमा नेपालमा पहिलो इलेक्ट्रिक क्रुजर बाइक आउने : खुल्यो प्रि–बुकिङ

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, चैत्र, ८
नयाँ वर्षमा नेपालमा  पहिलो इलेक्ट्रिक क्रुजर बाइक आउने : खुल्यो प्रि–बुकिङ

काठमाडौं – भारतीयमा लन्च भई सकेको इलेक्ट्रिक बाइक कोमाकी रेन्जर नेपाली बजारमा पनि आउने भएको छ ।   युनिटी ट्रेडिङ कन्सर्नले उक्त बाइक  भित्र्याउने बताएको छ । युनिटी ट्रेडिङ कन्सर्नले कोमाकीका इलेक्ट्रिक स्कुटर भित्र्याइसकेको छ ।

इलेक्ट्रिक बाइक कोमाकी रेन्जर  लुक्स भने क्लासिक क्रुजर स्टाइलको रहेको बताइएको छ । डबल डिस्क ब्रेक, आईसी इन्जिनकै बाइकमा भए जत्तिकै पावर ब्याकअप र सुपेरियर सस्पेन्स लगयत का फिचर  यो बाइक मा रहने बताइएको छ ।  सिंगल चार्जमा १८० किलोमिटर रेन्ज दिने  सो बाइकको मूल्य ४ लाख ३५ हजार रुपैयाँ तोकिएको छ । यद्यपि यसमा विभिन्न छुटहरु समेत उपलब्ध हुनेछ ।

हाल यसको प्रि–बुकिङ खुलेको छ । युनिटी ट्रेडिङ कन्सर्नका म्यानेजर उमेश अधिकारीका अनुसार बुकिङ लिए पश्चात सो बाइक आगामी बैशाखको पहिलो साता देखि ग्राहकलाई डेलिभरी गरिने छ ।

कोमाकी रेन्जरको आकर्षक लुक, अमेजिङ ब्यालेन्स, स्मुथ राइड र एक्सट्रा अडिनरी फिचरका कारण यो अन्य भन्दा फरक भएको कम्पनीको भनाइ छ ।

 

कम्फर्टेबल सिटिङ, इन्क्लुसिभ ड्युअल स्टोरेज स्पेस, ड्युअल प्यासेन्जर फुटरेस्ट, एलईडी र थप विभिन्न हेडल्याम्प आदिले यो बाइकलाई आरामदायी बनाएको छ । त्यसैगरी यो बाइकमा रियर प्रोटेक्सन गार्ड, रियर टेलल्याम्प गार्ड र रियर ब्याक रेस्ट, फ्रन्ट बडी गार्ड, साइड स्ट्यान्ड सेन्सर, मोबाइल चार्जिङ युनिट, फ्लेम इफेक्ट सहितको ड्युअल साउन्ड पाइप, ट्रिपल हेडल्याम्प, साउन्ड सिस्टमसहितको ब्लुटुथ, गियर मोड, रिभर्स र क्रुज कन्ट्रोल आदि विभिन्न विशेषता यसमा पाउन सकिन्छ ।

यी वाहेक यो बाइकमा रिमोटबाटै लक गर्न सकिने सुविधा, डिस्क ब्रेक, सेल्फ डायग्नोसिस, टेलिस्कोपिक सकर, रिजेनेरेटिभ ब्रेकिङ, एन्टी थेफ्ट लक, अपराइड राइडिङ पोजिसन, प्यासेन्जर सिट, स्याडलब्याग्स, फोर्क माउन्टेड फेयरिङ र साइड स्ट्यान्ड सेन्सर जस्ता आकर्षक फिचर छन् ।

Top Changing Nepal

युट्युब सट्स