प्रचण्डले कांग्रेसलाई धम्की दिनुभएको होइन, दम्भ नदेखाउन भन्नुभएको होः दीनानाथ शर्मा
काठमाडौं, १९ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेसलाई धम्की नदिएको दाबी गरेको छ ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भने, “म त्यहीँ कार्यक्रममा थिएँ ।
प्रचण्डले गठबन्धनलाई सुदृढ र व्यवस्थित बनाउनुपर्छ भन्ने स्प्रिटमा बोल्नुभएको हो । उहाँ विगतका इतिहासको आत्मसमीक्षा गर्ने नेता हो । २०६४ सालमा हामी ठूलो पार्टी बन्यौं । आफू शक्तिशाली बनेको दम्भका कारण राम्रो गर्न सकेनौं । त्यसैले जुन पार्टी ठूलो बन्छ, त्यो विनम्र बनेर अघि बढ्नुपर्छ भन्ने उहाँको भनाइ हो । तर कांग्रेसलाई धम्काएको होइन । ठूलो पार्टी बनेपछि कांग्रेसमा पनि दम्भ आएको हुन सक्छ, कसैले पनि अहंकार नलियोस् भन्ने प्रचण्डको भनाइलाई मिडियामा तोडमरोड गरिएको मात्र हो ।”
५ दलीय गठबन्धन टुटाउनका लागि गलत किसिमले प्रचारबाजी भएको आरोप पनि शर्माले लगाए । उनले भने, “हामी जे भन्छौं त्यही गर्छौं । जे गर्छौं, त्यही भन्छौं । सकेसम्म गठबन्धन टुटोस् भन्ने आशयबाट वामगठबन्धनको प्रचारबाजी भएको छ । प्रचण्डले यो गठबन्धन संघीय चुनावसम्म जान्छ भन्ने दृढता व्यक्त गर्नुभएको छ । निर्वाचन घोषणा भएपछि गठबन्धनको कुरा आउँछ । सिटको विषयमा प्रवेश नै गरिएको छैन ।”
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


