अन्तिम संस्कार भइरहेको महिले नै कफिनमा आँखा खोलेपछि..
अन्तिम संस्कार गर्दै गर्दा बिचमै शव उठेको अनौठो घटना कहिल्यै सुन्नुभएको छ? आज हामी यहाँ यस्तै एउटा अनौठो घटना बारे चर्चा गर्दैछौँ ।
पेरुमा करिब एक महिनाअघि अन्तिम संस्कारका लागि लैजादैँ गरेको एक महिलाले आँखा खोलिन् । ३६ वर्षकी रोसा इसाबेला सेस्पेडेस कैलाका एक भयानक कार दुर्घटनाको शिकार भएपछि २५ अप्रिलमा डाक्टरद्वारा मृत घोषित गरिएकी थिइन् । दुर्घटनामा उनी टाउको टेकेर भुइँमा लडेकी थिइन् । जसकारण उनको दिमागमा गम्भीर चोट लागेको थियो ।
२६ अप्रिलको अन्तिम संस्कारमा उनलाई कफिनमा राखेर समाधिस्थल लगिँदै थियो । उनको परिवारका सदस्यले त्यति नै बेला उनले आफ्नो आँखा खोलेको देखे । उनलाई पसिना आइरहेको थियो । त्यसपछि, समाधिस्थलका प्रबन्धकले तुरुन्त प्रहरीलाई खबर गरे ।
डाक्टरले रोसा इसाबेलमा जीवनको लक्षण देखिएको बताए । महिलाका परिवारले यसको अनुसन्धानको माग गर्दै रोसा कोमामा गएको आंकलन गरे । यद्यपि, यसको धेरै कारण हुनसक्छ । मृत्युपछि परेलामा पनि थुप्रै हलचल देखिन्छ । मृत शरीरमा पनि विभिन्न परिवर्तन हुनसक्छ । जुुन विशेषगरी पीडादायी मृत्युपछि हुने गर्छ ।
सन् १९९८ मा गरिएको एक शोधमा करिब १७५ घटना भेटिएका थिए जहाँ ब्रेन डेड भएपछि एक हप्ताभन्दा बढी समयसम्म शरीरले काम गरिरहेको थियो ।
त्यस्तै, यस घटनाको कारण जे भए पनि अन्त्य सुखद रहेन । रिपोर्टका अनुसार रोसालाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको ब्लड अक्सिजन लेभललाई मोनिटर गरिँदै थियो । तर केही घण्टाभित्रै उनलाई पुनः दोस्रो पटक मृत घोषित गरियो । जुन अन्तिम पटक थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

