• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० चैत २०८२, शुक्रबार
२० चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने
  • १३ घण्टा 

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक
  • १ दिन 

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश
  • १ दिन 

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts
  • १ दिन 

नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
  • १ दिन 

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode
  • १ दिन 

सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने
  • १ दिन 

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १५ गते आइतबार, यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • २. Foton Motors Nepal Strengthens Its Presence in Eastern Nepal with Itahari Showroom

  • ३. यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक

  • ४. सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै सिमित गर्ने सरकारको निर्णय

  • ५. २०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

  • ७. तपाईंका लागि सरप्राइजः स्क्यानमा लुकेका छन् लाखौँका प्राईज

  • ८. गोल्छा ग्रुपद्वारा किओच (बाल अस्पताल)लाई रू.पाँच करोड आर्थिक सहयोग

  • ९. घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • १०. स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा

बाल मनोविज्ञानः केही बच्चाहरु किन हेपाहा प्रवृतीका हुन्छन्? उनीहरुलाई कसरी असल बनाउने?

admin २०७९, असार, ९

बालबालीकाहरु हाम्रो समाज र संस्कारलाई अगाडि लाने पुस्ता हुन् । उनीहरु समाजका जीम्मेवार तर संवेदनशील सदस्य हुन् । यो उमेरमा उनीहरुको बौधिक, शारिरीक, भावनात्मक र सामाजीक सबै स्तरको वृद्घि भइरहेको हुन्छ । एक व्यक्तीको व्यवहार, विचार, रुचीअरुची लगायत ट्रमा जस्ता धेरै गम्भीर विषयहरुले यही समयबाट आचार लिँदै गएको हुन्छ । त्यसैले, बालापनको समय हामी सबैको अति संवेदनशील समय हो ।

बालबच्चाहरु हुर्कँदै जाँदा उनीहरु सबैभन्दा धेरै घरको वातावरण र व्यवहारले प्रभावित हुन्छन् । यसमा विद्यालय र बाहिय क्षेत्रले पनि ठूलै भुमिका निर्वाह गर्ने गर्छ । त्यस्तै, एउटा बच्चा किन बदमास छ वा किन ऊ धेरै नै हेपाहा प्रर्वतीको बन्दै गइरहेको छ भन्ने प्रश्नसँग उसको मनोस्थिती र मनोविज्ञानमा चलिरहेको कुरा प्रमुख उत्तर हुन जान्छ ।
(यो बुली भन्ने अङ्ग्रेजी शब्दमाथि तयार पारिएको लेख हो ।)

अभिभाकत्व निर्वाह गर्ने काम कहिल्यै सजिलो काम होइन ।

जब कहिले स्कुलमा बालबच्चाबीच झगडा हुन्छ, हाम्रो ध्यान र सहानुभूति सधैव पिडित बालबालिकामाथि जान्छ । र, अर्को बच्चालाई दोष र सजाय दिइन्छ वा हाम्रा हैरान र क्रोधित नजरको शिकार बनाइन्छ । तर कहिल्यै पनि हामीले त्यो बच्चा के वा कस्तो कारणले प्रभावित बनेर त्यसो गर्न बाध्य भयो वा त्यो प्रकारको व्यवहार गरिरहेको छ भन्ने कोणबाट हेर्दैनौँ ।

हामी यहीँ चुकिरहेका छौँ । यो एउटा महत्त्वपूर्ण मुद्दा हो र यसलाई समाधान गर्न परिवारका लगायत अन्य व्यक्तिले पनि विवेक प्रयोग गरी लगनशीलताका साथ काम गनुपर्छ ।

हामीले सकारात्मक र शान्त वातावरण बनाउनको लागि घटना र दोषीलाई नियालेर अबोध बालकलाई सजाय नदिएर घटना र दोषीलाई नियालेर दोषी बालकले किन त्यसो गर्यो भन्ने विषयमा काम गनुपर्छ – ताकी उसले आइन्दादेखि आफ्नो गल्ती महसुस गरी यस्ता काम गलत रहेछ भन्ने बुझेर गल्ती नादोहोर्याओस् । यो प्रकारको प्यारेन्टिङ अवश्य नै उत्कृष्ट अप्सन हो ।

माथि उल्लेख घटनाको पछिल्लो पक्ष/बालकको व्यवहार साँच्चै चुनौतीपूर्ण छ । तर एउटा जीम्मेवार अभिभावकको नाताले तपाईंले उसलाई यातना दिनु बिलकुलै अनुचित हुन्छ । तपाईंले यो चुनौतीसँग आत्मविश्वास, मर्यादा र साहसका साथ जुझ्न सम्भव छ ।

प्रथमतः यो प्रक्रियामा तपाईंले आफ्नो बच्चा नराम्रो बच्चा होइन भन्ने पनि ध्यानमा राख्न जरुरी हुन्छ । उसलाई मायालु र सकारात्मक निर्देशनको खाँचो परेको हो । हामीले हाम्रो बच्चालाई असल व्यवहारप्रति सकारात्मक बनाउन पहिले त सुरुको समस्यालाई स्वीकार गर्नुपर्छ, की उसमा हेपाहा प्रवृती या झगडालु स्वभाव हावी भइरहेको छ । दोस्रो चरणमा भने उसकोे नकरात्मक व्यवहार पछिको कारण पत्ता लगाउनुपर्छ ।

हामीले हाम्रो बालबालिकामा सकारात्मक व्यवहार पुनः स्थापना गर्न सबैभन्दा पहिले उनीहरुको मनोभावना बुझ्न आवश्यक छ । उनीहरु किन यती झर्को मानिरहेका छन् कि त्यसले क्रोधको आचारण लिएर अरुमा पोख्न पर्दै छ– के त्यसको कारण सामाजिक चेतनाको कमी हो, गहिरो असुरक्षा हो, स्वयम उनीहरुले सामना गरेको हिंसा हो, या के हुन् अन्य कारण ..

किन बालबालिकाले नकारात्मक/आक्रामक स्वभाव देखाउँछन्?

बालबालिकाको यस्तो स्वभाव पछि गएर दिगो रुपमा रहन सक्छ । तर यसलाई समयमै अन्त गर्न हामीले बालबालिकाको मनोविज्ञान बुझेर उसलाई असल व्यवहार गर्न प्रेरित गर्नुपर्छ । यसरी, आमाबाबु र समाजको जीम्मेवार सदस्यको रूपमा हामीेले संसारलाई सबैका लागि राम्रो बनाउन पहल गर्नुपर्छ ।

केही विशेषज्ञहरू बालबालीकाको यस्तो आक्रामक व्यवहारको विकासवादी(इभोलुशनरी)जरा हुनसक्ने दावी गर्छन् । तर, बच्चाको परिस्थिति र वातावरणलाई नियाल्दा यो पक्कै पनि वातावरणीय/सिकिएको व्यवहार हो ।

बालबालिकालाई तनाव दिने र नकारात्मक व्यवहार गराउन उक्साउने कुराहरुः

  • भावनात्मक समस्यासँग जुझिरहँदा
  • असुरक्षित वा शक्तिहिन महसुस गरेपछि/ आफुलाई कसैले ध्यान दिएको छैन भन्ने लागेपछि
  • अरु कोहीबाट हिंसा भोगे वा हेपिएपछि
  • सामाजिक कठिनाइ भएपछि
  • सहानुभूतिको अभाव हुँदा

यदि तपाइँ आफ्नो बच्चाहरु यी समस्याहरूसँग जुझिरहेका छन् भन्ने चिन्ता गर्नुहुन्छ र निश्चित हुनुहुन्न भने, यी लक्षणहरु अंकित गनुहोस्ः

  • शारीरिक वा मौखिक झगडा गर्ने
  • अरुलाई हेप्ने, पिट्ने वा धम्क्याउनेहरुको संगत गर्नेै
  • आक्रामक र क्रोधीत स्वभाव बढ्दै गएको
  • प्रिन्सिपलको कार्यालयमा वा बारम्बार सजाय पाइरहने
  • अतिरिक्त पैसा वा नयाँ सामान आफुसँग भएको तर स्रोत अस्पष्ट रहेको
  • आफ्नो समस्याको लागि अरूलाई दोष दिने
  • आफ्नो कर्तुतको लागि जिम्मेवारी नलिने
  • प्रतिस्पर्धात्मक र आफ्नो प्रतिष्ठा वा लोकप्रियता बारे चिन्ता गर्ने

यदि यी व्यवहारमध्ये कुनै पनि देख्न सकिन्छ भने, तपाइँले आफ्नो बच्चासँग कुरा गर्नुपर्छ । उसले आफ्नो समस्या बारे खुलेर नबताएको अवस्थामा, विद्यालयलाई पनि सम्पर्क गर्न उचित रहनेछ ।

सचेत रहनुहोस्, यी व्यवहारहरू यही समयबाट सुरु हुन्छ ! बुलिङ प्रिभेन्शन एक्स्पर्ट जोएल हेबर, पीएचडीका अनुसार, नकारात्मक सामाजिक व्यवहारहरू तब नै सुरु हुन सक्छ “…जब बच्चाहरू एकअर्कासँग सम्बन्ध गाँस्न थाल्छन्, जुन दुई वा तीन वर्षको उमेरमा सुरु हुन सक्छ । हामी तीन जना बच्चीहरुको समूह देख्छौं जहाँ दुई अति घनिष्ट बन्छन् र अर्कोलाई बहिष्कार गर्छन् । यी तीन वर्षका बच्चीहरु हुन् । र, जब यीनीहरू प्रारम्भिक र माध्यमिक तहमा पुग्छन्, त्यती बेलासम्म माहिर बनिसक्छन् ।”

यस्ता व्यवहार किन हानिकारक छन्?

यस्ता व्यवहार कहिल्यै पनि हलुका लिने प्रकारका होइनन् । समाजले अन्ततः यो मुद्दालाई गम्भिर रुपमा लिन थालेको छ । यसको प्रभाव साँच्चै विनाशकारी हुन सक्छ ।

प्रारम्भिक आघात अर्थात अर्लि ट्रमा वा बाल्यकालको प्रतिकुल अनुभवहरु पनि मुख्य कारक तत्व हुन सक्छन् । यसले बालबालिकाको मानसिक स्वास्थ्य, सम्बन्ध र जीवनको गुणस्तरमा जीवनभर असर गर्न सक्छ । साथै, यी व्यवहारले कहिल्यै नटुङगिने घेरा बनिन सक्छ । किनकी यस्ता नकरात्मक आक्रमक व्यवहारहरुले फेरी त्यस्तै व्यवहार नै सिर्जना गर्छ ।

साथी वा अभिभावकद्वारा दुर्व्यवहार गरिएको बच्चाले विद्यालयमा अर्को बच्चाप्रति पनि त्यही व्यवहार देखाउने सम्भावना बढी हुन्छ । त्यसैले, हामीले यसलाई गम्भीरतासाथ लिएर घातक समस्या बन्नबाट रोक्ने पहल गर्न सक्छौँ ।

बच्चालाई यस्तो मनोस्थितीबाट कसरी बाहिर ल्यउने र मद्दत गर्ने?

हामीले जान्यौँ की बच्चाहरूमा प्रायः केही कुराको कमीले यस्ता व्यवहारहरु देखिने गर्छन् । र प्रश्न यो छ की हामीले आमाबुबा वा हेरचाहकर्ताको रूपमा उनीहरूलाई चाहिने कुरा कसरी पूरा गर्न सक्छौं? विशेषगरी तब जब उनीहरू अरूमा नकारात्मक भावनाहरू पोख्न जान्छन् ।

१. सजायको सट्टा अनुशासनमा ध्यान दिनुहोस्

अनुशासन र सजायबीच अपार भिन्नता छ ।

सकारात्मक अनुशासनका लेखक जेन नेल्सनका अनुसार सजाय जस्तै कुट्नुको सबैभन्दा आधारभूत व्याख्या दोष, लाज वा पीडा दिनु हो । यो दुर्व्यवहारप्रति सक्रिय नभएर प्रतिक्रियात्मक प्रतिक्रिया हो । जसले बच्चाहरूलाई किन निश्चित व्यवहार गलत छ वा अर्को पटक कसरी फरक तरिकाले कार्य गर्ने भनेर सिकाउँदैन । र, यतिकै हानिकारक के छ भने – यसले उनीहरूको रिस तपाईं र अरूहरू तिर फर्काउँछ ।

अनुशासनले भने हिंसात्म वा नकारात्मक पहल बिना नै उक्त दुव्र्यहवारका नतिजासँग बालबालीकालाई परिचित गराउँछ । वास्तवमा, राम्ररी पेश गरिएको तार्किक नतिजाहरूले उनीहरुलाई आफ्नै कार्यहरूले नतिजाहरू निर्देशित गर्दछ भन्ने सिकाउँछ ।

यो कुरा विरोधाभासपूर्ण लाग्न सक्छ । तर दुर्व्यवहार गर्ने बच्चाहरूलाई अझ बढी माया र हाम्रो उनीहरुप्रतिको समझ आवश्यक हुन्छ । हो, तिनीहरूले अनुशासन र परिणामहरूको सामना गर्नुपर्ने हुन सक्छ, तर सजाय कदापि राम्रो चोइस होइन । यसले मात्र स्थितीलाई खराब बनाउनेछ ।

२. पूरै उपस्थित भएर बालबालीकालाई ध्यान दिने

धेरै बच्चाहरु असुरक्षित, शक्तिहीन, र ध्यानको कमी महसुस गर्छन् । एडलेरियन मनोविज्ञान (जसले सकारात्मक अभिभावकत्वको आधार प्रदान गर्दछ) अनुसार सबै बालबालिकाहरू आफू कसैसँग सम्बन्धित छु र धेरै महत्त्वपूर्ण छु भन्ने महसुस गर्न चाहन्छन् ।

यी बच्चाहरू नराम्रो,कडा र अनियन्त्रित लाग्न सक्छन् । तर धेरै अवस्थामा, त्यो कठोरपना भावनात्मक सम्बन्धको अभावले उत्पन्न भएको हो । उनीहरुलाई आमाबुबाको ध्यान र स्नेहको कमी महसुस भएकोले यस्तो भएको हुन सक्छ ।
मन, शरीर, र आत्मीय समय सकारात्मक अभिभावकत्वमा सबैभन्दा महत्त्वपूर्ण हुन्छ । किनभने, जब बच्चाले आफ्ना आमाबाबु वा हेरचाहकर्ताहरूसँग गहिरो भावनात्मक सम्बन्ध महसुस गर्छ, तब नै दुर्व्यवहार गर्न उक्साउने कारक तत्वलाई हामी उत्पन्न हुनबाट रोक्छौं ।

यस्तो गर्नाले बच्चाहरूलाई आफ्नो असफलता र कमजोरीहरूको बावजुद पनि कदर र माया गरिएको भान हुन्छ । जसले गर्दा उनीहरु शक्तिवान, सुरक्षीत र ध्यान दिइएको महसुस गर्छन् । यही भावनाका अभावमा पर्ने गर्छन् कतिपय बालबालीकाहरु ।

अभिभावकले प्रत्येक दिन एक वा दुई पटक १० देखि १५ मिनेट भए पनि, बालबालीकासँग प्रत्यक्ष कुराकानी गर्नुपर्छ । जसले सम्बन्ध पनि घनिष्ट बन्छ र तपाईलाई उसको दिनचर्या बारे तथा समस्या बारे थाहा हुन्छ । आफु सुरक्षित महसुस गरे बच्चाहरूले कुनै पनि कुरा खोल्न सक्छन् । तर, समस्या तब आउँछ जब यसको विपरीत हामी हाम्रो समय बच्चाहरूसँग बिताउँदैनौँ र सम्बन्धमा ध्यान केन्द्रित गर्दैनौं ।

३. निर्णय–समृद्ध वातावरण सिर्जना गर्नुहोस्

बच्चाहरूलाई शक्तिको भावना दिने अर्को तरिका तपाईंको घरमा निर्णय–समृद्ध वातावरण सिर्जना गर्नु हो ।

शक्तिहीन महसुस गर्ने बच्चाहरूले सामान्यतया आफ्ना अभिभावकहरूबाट धेरै आदेश, सुधार र निर्देशन प्राप्त गर्छन् । सबै मानिस, ठूला वा साना, आफ्नो जीवनमा केही शक्ति हुनु आवश्यक छ । यसैले हामी हाम्रा बच्चाहरूले उमेर–उपयुक्त निर्णयहरू लिन र तिनीहरूको विचारहरू महत्त्वपूर्ण छन् भन्ने महसुस गराउन अवस्थाहरू सिर्जना गर्न सक्छौं ।

उदाहरणका लागि, तपाईंले उसलाई आफूलाई मन परेको पोशाक छनोट गर्न दिनुस्, आफ्नो खाली समयमा के गर्न भन्ने निर्णय गर्न दिनुस् वा उसले पहिले कुन विषयको गृहकार्य पूरा गर्ने छनोट गर्न दिनुस् ।

हामीले बच्चाहरूलाई उमेर–उपयुक्त डिसिजन गर्न र आफ्नै जीवनमा केही प्रभुत्व प्राप्त गर्न जति धेरै अवसरहरू दिन्छौं, उनीहरूले अरूलार्ई सताएर बलवान हुन खोज्ने सम्भावना त्यति नै कम हुन्छ ।

४. मूल्याङकन जरुरी छैन(विथहोल्ड जजमेन्ट)

बालबालिकाहरूले दुर्व्यवहारको बारेमा खुल्ने सम्भावना बढी हुन्छ–वा उनीहरुले यसलाई पूरै बेवास्ता गर्न सक्छन् – जब हामीले जजमेन्ट गर्दैनौँ ।

हामीले जजमेन्ट कम गर्दा अथवा नगर्दा बालबालिकाहरुले हामीलाई ढाँट्ने सम्भावना कम हुन्छ । साथै, हामीले शान्त भई जवाफ दिँदा, राम्ररी कुरा सुनिदिँदा र निष्कर्षमा पुग्न हतारो नलाउँदा बच्चाहरू आफ्नो समस्या सुनाउन हिचकिचाउँदैनन् र डराउँदैनन् पनि ।

बालबालिका हाम्रो निराशा तथा उनीहरुको सम्भावित सजायबाट टाँढै रहन मन पराउँछन् । त्यसैले तिनीहरूको दिमागमा झूट बोल्नाले नकारात्मक प्रतिक्रियाहरू र परिस्थितिहरूबाट पन्छिन सकिन्छ भन्ने भान पर्छ । तर जब हामी उनीहरुको कुरा सुन्छौं र राम्रोसँग प्रतिक्रिया दिन्छौँ, उनीहरु कम चिन्तीत हुन्छन् र परिस्थीलाई सही बनाउनमा ध्यान दिन सक्छन् ।

५. राम्रो उदाहरण बन्नुहोस्

अभिभावकले बालबालिकाको लागि मापदण्डहरू तय गर्छन् । हामी उनीहरुको रोल मोडेल हौं । उनीहरु घरमा हामीलाइ देखेर अरुसँग गर्नुपर्ने व्यवहार सिक्छन् । आफूले अरूप्रति यस्तो व्यवहार गर्ने जस्तो तपाई आफूलाई अरुले गरोस भन्ने चाहनुहुन्छ । साथीहरू, परिवार लगायत अपरिचितसँग पनि समावेशीता र समान व्यवहार गर्दा उनीहरुले पनि त्यही व्यवहार सिक्ने गर्छन् ।

त्यस्तै, धेरै झगडालु बच्चाहरू भावनात्मक समस्या, शक्ति असंतुलन र आघातसँग संघर्षरत परिवारहरूबाट आउँछन् । त्यसैले, प्रत्येक बच्चाको घरको वातावरण सुरक्षित, मायालु र सपोर्टिभ हुनु धेरै महत्त्वपूर्ण छ ।

६. कृतज्ञता र अरुप्रति भावनात्मक हुनमा ध्यान

यदि कोही बच्चा अरुप्रति भावनात्मक नभएर वा उसलाई अरुप्रति दया नलागेर लडाकु भएको छ भने, उसलाई परिप्रेक्ष्यको(पस्र्पेक्टिभ) ज्ञान दिन जरुरी छ ।

यसरी उनीहरुले संसारलाई अरूको दृष्टिकोणबाट हेर्दा धेरै कुरा महसुस गर्न सक्छन् ।

त्यस्तै, हामी बच्चाहरूलाई तिनीहरू केको लागि कृतज्ञ छन् भनेर नियमित रूपमा विचार गर्न पनि प्रशिक्षण दिन सक्छौं । दैनिक कृतज्ञता जर्नलहरु एउटा उत्कृष्ट सुरुवात हो । कृतज्ञ बच्चाहरु उनीहरूको जीवनमा किन धेरै कुरा राम्रा छन् भनेर बुझ्न सक्छन् । जसले उनीहरुलाइै जीवनको सकारात्मक पक्ष हेर्न पनि अब्बल बनाउँछ । साथै, उनीहरुमा नकारात्मकताको प्रभाव बुझ्ने सम्भावना पनि बढी हुन्छ ।

अन्ततः कठिनाईबाट बालबालिकाहरुले धेरै कुरा सिक्छन् । तर, हामीले उनीहरुलाई कुन हानिकारक र कुन सहयोगी छुट्टाउन सक्ने विवेक दिनुपर्छ । के गलत र के सही भन्ने बारे नरम भएर सिकाउनु बुझाउनु पनि धेरै महत्वपूर्ण हुन्छ ।

(यो ब्लग पोजिटिभ प्यारेन्टिङ सोलुसनबाट लिइएको हो । जसको ओरिजिनल राइटर एमि मिक्रेडि हुन् । र, केही अनुवादसहित सुस्मिता लावतीले लेख तयार गरेकी हुन् ।)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने
सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक
नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

ताजा

आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.