जसपाले मन्त्री फिर्ता बोलाउँदै, बाबुराम भट्टराईलाई कारबाही गर्ने संकेत
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका चारै जना मन्त्रीलाई फिर्ता बोलाएर अरु सांसदलाई सरकारमा पठाउने जनाएको छ ।
उक्त निर्णय भएको कार्यकारिणी बैठक गएराती अबेर सकिएको थियो । त्यस्तै, सहभागी नेता मृगेन्द्र कुमार सिंह यादवले मन्त्री फेर्ने निर्णय पहिलाकै रहेको र हिजो कार्यान्वयनको विषय उठेको बताए ।
अध्यक्ष उपेन्द्र यादवले मन्त्री फेर्ने र नयाँ मन्त्री छान्ने जिम्मा पाएका छन् । साथै, बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, कृषिमन्त्री रहेका महिन्द्र राय यादवलगायत केही नेतालाई कारबाही गर्ने निर्णय गरेको छ ।
राष्ट्रियसभा सदस्य यादवले अध्यक्ष उपेन्द्र यादवविरुद्ध हस्ताक्षर अभियान चलाएको सुनिएको र समाचार तथ्यपरक भए त्यो पार्टी निर्णय विपरीत हुने भएकाले कारबाही गर्ने जनाइएको छ । जसपामा प्रदीप यादव, रामबाबु कुमार यादव, प्रमोद साह, सुरेन्द्र कुमार यादव र अमृता अग्रहरी लगायत मन्त्रीको दौडमा छन् ।
नेकपा एकीकृत समाजवादीको मन्त्री हेरफेर निर्णयपछि गठबन्धनका अन्य दलमा पनि मन्त्री हेरफेरको दबाब बढेको हो ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


