• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ असार २०८३, मङ्गलबार
२३ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा
  • ७ घण्टा 

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
  • ९ घण्टा 

जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर
  • १० घण्टा 

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी
  • १० घण्टा 

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय
  • ११ घण्टा 

मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि
  • १२ घण्टा 

पेलेको किर्तिमान तोडेका नेयमार थिए, रोनाल्डो र मेस्सी भन्दा महंगा खेलाडी
  • १३ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
  • १३ घण्टा 

वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • २. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ३. २०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

  • ६. २०८३ असार २३ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

  • ८. लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा रक्तदान तथा सामाजिक सेवासहित लायन्स वर्ष २०२६–२७ को शुभारम्भ

  • ९. वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

  • १०. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

आज दही चिउरा खाने दिन, के छन् यसका महत्व र किंवदन्ती?

admin २०७९, असार, १५

काठमाडौं । आज असार १५ गतेलाई दही चिउरा खाने दिन पनि भनिन्छ ।

यो दिन दही–चिउरा खाने परम्परा छ । त्यस्तै, यस महिनालाई मानो खाएर मुरी उब्जाउने महिना पनि भनिन्छ । असार १५ मा दही चिउरा खाने प्रचलन पछाडि प्राकृतिक र जैविक कारण रहेका छन् ।

दही चिउरासँग कतिले मौसमी फल आँपको स्वाद मिसाउँछन्, कतिपयले केरा । योसँग आलुको पिरो सुख्खा अचार पनि खाने गरिन्छ । चिउरा सबैलाई चल्ने साझा खाद्यवस्तु हो । दही स्वास्थ्यको लागि अति राम्रो र शितलता प्रदान गर्ने खाद्य पदार्थ हो । र असार महिनामा अत्याधिक गर्मी हुने हुँदा दही खान उपयुक्त हुन्छ ।

यीसँग जोडिएको आलुको पिरो अचार छ । आलु छिटो पच्ने खाद्यवस्तु हो र पिरोले इन्द्रिय सक्रिय बनाउँछ । यसको अर्को महत्व भनेको गर्मीमा गर्मी काट्ने र जाडोमा चिसो काट्ने गुण विद्यमान रहेको हुन्छ । यसरी हाम्रो समाजमा असार १५ धानखेती, दही, चिउरा, आलुको अचार खाने दिनको रुपमा स्थापित छ ।

नेपालीले यो दिनलाई हरेक सामाजिक–सांस्कृतिक महोत्सवको रुपमा मनाउने गर्छन् । हाम्रो समाजमा असार १५ लाई मुठी रोपेर मुरी फलाउने महत्वको रुपमा लिइन्छ । भौगोलिक विविधताको कारणले यहाँ चैतदेखि साउनसम्म पनि धान रोप्ने काम हुन्छ । संसारको सबभन्दा उच्च भागमा फल्ने जुम्ली मार्सीको व्याड चैत १६ मा राखिन्छ । १५ औं शताव्दीमा चन्दननाथले सुरु गरेको यो परम्परा वर्तमानसम्म पनि कायमै छ । त्यसको दुई दिनपछि त्रिपुरा सुन्दरीलाई भाका पारेर चैत १८ मा डोल्पामा धानको व्याड राखिन्छ । ती ठाउँहरुमा वैशाखमा रोपाइँ हुन्छ भने तराईमा साउन अन्त्यसम्म यो क्रम चल्छ । नेपालको मध्यपहाडी क्षेत्रमा असार महिनाभित्र रोपाइँ सकिन्छ ।

भौगोलिक विविधताले रोपाइँ विभिन्न ठाउँमा विभिन्न किसिमले विभिन्न समयमा हुने भए तापनि असार १५ लाई धान रोप्ने साझा दिनको रुपमा नेपाली समाजले स्वीकारेको छ । जुन सद्भाव र सहिष्णुताको सूचक हो । त्यस्तै, धान गर्मी याममा फल्ने बाली हो । यो तापक्रम ठाउँअनुसार विभिन्न प्रजातिको हुन्छ । असार १५ लाई नै साझा दिन महोत्सव मान्नुको पछाडि केही कारण छन् । असार १५ गतेदेखि भूमि चिसो हुन सुरु हुन्छ भनिन्छ । यसै दिनदेखि क्रमशः दिन छोटो हुँदै जान्छ भन्ने परम्परा छ । यसै सेरोफेरोमा सूर्य दक्षिणायन हुन्छ ।

हाम्रो कृषिप्रधान समाजमा भएकोले धान रोपाइँलाई महत्वका साथ हेरिन्छ र महोत्सवको रुपमा सम्पन्न गरिन्छ । यस्ता पर्व, महोत्सवहरुमा प्रकृति, मौसम, ऋत, धर्म, जीवन पद्धति परिवर्तनले प्रत्यक्ष प्रभाव पारेका हुन्छन् । धान रोप्ने दुई पद्धति छन् – सवाइ र रोपाइ । सवाइमा धानको बिउ तयारी खेतमा छरिन्छ भने रोपाइँमा धानको व्याड करिब १ फिटजति अग्लो भएपछि रोपिन्छ । हाम्रा समाजमा रोपाइँ प्रायः सामुहिक रुपमा हुन्छन् । रोपाइँ गर्नुअघि बिउ जमिनबाट निकालिन्छ र तयारी खेतमा रोप्ने काम हुन्छ । रोपाइँको दिन बिहानै एकसरो छोटा लुगा लगाएका रोपार्नीहरु रातो टीका लगाएर हातमा बिउ, वर्षाती, घुम आदि लिएर लस्करै भएर रोपाई गीत गाउँदै खेततर्फ लाग्छन् ।

खेतमा पुगिसकेपछि बाउसेलाई एकले अर्कोलाई हिलो छ्याप्दै हिलोको टीका लगाइदिएर खले गरोबाट धान रोप्न सुरु गर्छन् । रोपार्नीहरुको सहयोगीको रुपमा एकजना बाउसे हुनुपर्छ । रोपाइँ सुरु भएपछि खेत, वनपाखा, पखेरा घन्काउनेगरी गीत गाउन थाल्छन् । खासगरी रोपाइँको गीतलाई असारे गीत भन्ने चलन छ । यस अतिरिक्त रोपाइँमा अन्तरिक्ष र पृथ्वीका देवता, स्थानीय देवता, जलमूलको स्तुति गर्ने भूतप्रेत मसान भगाउने प्रकारका गीत पनि हुन्छन् । धान रोप्दै जाँदा खले गरोको बीचमा कोठी बनाउने चलन पनि हुन्छ ।

रोपाइँ सकिएपछि रोपाइँ घरमा गएर सबैले घरका मानिसलाई आशिर्वाद दिने परम्परा पुरानो हो । रोपाइँको क्रम पहाडी भूभागमा प्रायः असार महिनाभर चलिरहन्छ । असार १५ गते मात्र रोपाइँ हुने होइन । यो त सबैको साझा दिन हो । माथि भनिएझैँ नेपालको उच्च पहाडी भेगमा जेठ महिनाभित्रमा रोपाइँ भइसक्छ भने मध्य र तल्लो पहाडी क्षेत्रमा असारसम्म र तराईमा साउनसम्म भइरहन्छ ।

यो परम्परा, शैली पनि ठाउँ, समुदायअनुसार केही फरक प्रकारको हुन्छ । वर्तमानमा प्रविधिको विकास, सामुहिक भावनामा आउन थालेको ह्रासले परम्परागत मान्यतामा केही भिन्नता आएको देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा
जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर
दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी

ताजा

शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.