बागमतीमा मन्त्री थपिँदै, कुन क्षेत्रबाट मन्त्री थप्ने?
बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने रस्साकस्सी विस्तारै सेलाउँदै आएपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो नेतृत्वको सरकारमा फेरि मन्त्री मण्डल विस्तार गर्ने भएका हुन् । भागबण्डाकै लागि मन्त्रालय फुटाएको व्यापक आरोप खेप्दै आएका मुख्यमन्त्री पाण्डेले फेरी २ मन्त्री थप्ने तयारी गरेको बुझिएको छ ।
आगामी साता मन्त्रिमण्डलमा २ जना राज्यमन्त्री थप गर्ने तयारीमा पाण्डे रहेको स्रोतले बताएको छ । मकवानपुर र सिन्धुलीबाट दुई जनालाई राज्यमन्त्री नियुक्त गर्ने आन्तरिक तयारी भएको हो । स्रोतका अनुसार दुबै जनाराज्यमन्त्रीहरु नेकपा एकीकृत समाजवादीबाट नै हुने छन् । सत्ता गठबन्धनको भागबण्डामा ६/६ महिना मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्ने सहमति तत्काललाई टरेको एक विश्वस्त स्रोतले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


