काँग्रेसकी पुष्पा भुसालद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी जनाइएको छ ।
भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । उनले केहीबेर अघि संसद् सचिवालयमा पुगेर उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् ।
बुधबार सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचनका लागि ३१ असारमा मतदान गर्ने कार्यसूची सार्वजनिक गरेका थिए । जसअनुसार नेतृ भुसालले मनोनयन दर्ता गरेकी हुन् । उनको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरी छन् ।
प्रमुख प्रतिपक्ष एमालेले भने उपसभामुखबारे छलफल गर्न नेकपा एमाले र लोकतान्त्रिक समाजवादी (लोसपा)बीच छलफल गर्ने जनाएको छ । दुई वर्षअघि उपसभामुख शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहेको छ । साथै, यो संसदको कार्यकाल चार महिना मात्र बाँकी छँदा उपसभामुखको निर्वाचन हुने भएको हो ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


