पर्यटन बोर्डले नेपाल-अष्ट्रेलिया सिधा उडानका लागि पहल गर्दै
काठमाडौं । नेपाल पर्यटन बोर्डले अष्ट्रेलियन राजदूतावाससँगको सहकार्यमा दुईतर्फी पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न लागेको छ ।
सोमबार बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मी र नेपालका लागि अष्ट्रेलियन राजदूतावास नियोग उपप्रमुख पल म्याकिकर्नबीचको भेटमा दुवै देशको पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्न सकिने विषयमा छलफल भएको छ । बोर्डले वार्तामा आर्थिक तथा पर्यटन कूटनीतिकका माध्यमबाट दुवै देशले फाइदा लिन सक्ने कुरामा जोड दिइएको जनाएको छ ।
बोर्डका सिइओ डा. रेग्मीले कोरोनापछि नेपालको पर्यटन क्षेत्र लयमा फर्किन थालेको बताउँदै साहसिक पर्यटनमा रुचि राख्ने अष्ट्रेलियन पर्यटकका लागि नेपाल एक आकर्षक गन्तव्य भएको उल्लेख गरे । उनले अष्ट्रेलिया र नेपालबीच सिधा हवाई कनेक्टिभिटी नभएका कारण पर्यटक कम आएको र हवाई कनेक्टिभिटी बढाउन दूतावासमार्फत पहल गर्न आग्रह गरे ।
नेपालका अष्ट्रेलियन राजदूतावास नियोग उपप्रमुख पल म्याकिकर्नले नेपालको विकासका लागि पर्यटन महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै आपसी सहकार्यका लागि दूतावास तयार रहेको बताए । त्यस्तै, अष्ट्रेलियामा नेपाली समुदायहरूको संख्या बढिरहेको हुँदा कूटनीतिक तथा जनस्तरबाट समेत दुई देशबीचको सम्बन्धलाई थप अघि बढाउनु पर्नेमा म्याकिकर्नले जोड दिएका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

