काठमाडौं । नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रखेला यादव र सचेतकमा मिन विश्वकर्मा मनोनीत भएका छन् । यादव कांग्रेस कोषाध्यक्ष र विश्वकर्मा केन्द्रीय सदस्य हुन् ।
संसदीय दलका नेता शेरबहादुर देउवाले उनीहरूलाई मनोनित गरेका छन् । प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि ठाउँ रिक्त रहेको थियो । साथै, सचेतक पुष्पा भुसाल भर्खरै मात्र प्रतिनिधिसभा उपसभामुख नियुक्त भएकी छन् ।