‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ नाम राख्न प्रस्ताव
काठमाडौं । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्)’ राख्न प्रस्तावसमेत गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा. बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणबारे छलफल भएको छ । प्रचण्ड सचिवालयका अनुसार ललितपुर हात्तीवन हाउजिङमा छलफल भएको हो । आफ्ना भान्जा गोकुल भण्डारीको अपार्टमेन्टमा भएको छलफलमा प्रचण्डले नयाँ पार्टीको नाम प्रस्ताव गर्दै थप निर्णयका लागि छिट्टै बस्ने सहमति गरेका छन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितका नेताले ‘पार्टी एकीकरण’बारे छलफल गरेका छन् । भट्टराईसँग छलफल गर्नुअघि प्रचण्डले माओवादी नेता श्रेष्ठसँग बिहीबार नै लामो छलफल गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

