फोहोरको दिगो व्यवस्थापनका लागि ‘शून्य फोहोर अवधारणा’को सुरुआत
काठमाडौं । फोहोरको दिगो व्यवस्थापनका लागि चन्द्रागिरि नगरपालिकाले ‘शून्य फोहोर अवधारणा’ सुरुआत गरेको छ । यसलाई साकार पार्न नगरपालिकाले छ किसिमबाट फोहरको वर्गीकरण गर्न थालिसकेकोे छ । नगरपालिकाले फोहोर राख्न फरक(फरक झोला नगरवासीलाई वितरण गरिराखेको छ ।
कालो झोलामा कुहिने, रातोमा सिसा र सिसाजन्य फोहर, हरियोमा प्लाष्टिकजन्य फोहर, सेतोमा कागजजन्य, नीलोमा फलाम तथा फलामजन्य र पहेँलो झोलामा स्यानेटरी प्याड, डाइपरलगायतका फोहोर व्यवस्थापन गर्ने तालिका नगरपालिकाले यही साउन ३ गते सार्वजनिक गरिसकेको छ । चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले फोहोरको दिगो व्यवस्थापनका लागि नगरपालिकाले ‘शून्य फोहर अवधारणा’ सुरुआत गरेको जानकारी दिए ।
यो अवधारणाले स्थानीय स्तरमा उत्पादन भएका फोहोरलाई सकेसम्म स्थानीय स्तरमै व्यवस्थापन गर्न सहजीकरण गर्ने उनले बताए । ‘साउन महिनाभरि नगवासीले बानी पार्नेछन् र यस समयमा दण्ड जरिवाना गरिँदैन, अगामी भदौ १ गतेदेखि अनिवार्यरूपमा सार्वजनिक तालिका अनुसार व्यवस्थापनको काम नभए कारबाहीस्वरुप जरिवाना गर्ने तयारी नगरपालिकाको छ,’ उनले भने ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

