प्लाष्टिकको झोलामा लगाइएको प्रतिबन्धमा कडाइ गर्ने तयारी
काठमाडौं । सरकारले प्लाष्टिकको झोला उत्पादन र प्रयोग नियन्त्रण गर्न कडाइ गर्ने जनाएको छ छ ।
वातावरण विभागले प्रतिबन्ध लगाएको १ वर्ष पुग्न लाग्दा पनि नियन्त्रण नभएको भन्दै उत्पादन, आयात, प्रयोग र बिक्रीमा कडाइ गर्ने जानकारी दिएको छ ।
जारी भएको विभागको सार्वजनिक सूचना अनुसार नियन्त्रणका लागि कडाइका साथ अनुगमन गरिने र कारबाही प्रक्रिया अघि बढाइनेछ । विभागले प्रतिबन्धित झोला प्रयोग गरेको पाइएमा वातावरण संरक्षण ऐन र नियमावली अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।
त्यतै, २०७८ असोज १९ गते प्लाष्टिक झोलामा प्रतिबन्ध लगाइएको थियो । साथै, मन्त्रिपरिषद्को माघ १७ गतेको बैठकले प्लाष्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना स्वीकृत गरी कार्यान्वयन गराएको थियो । जसकारण, वातावरणमा प्रतिकूल असर गर्ने ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग गर्न पाइँदैन ।
यद्यपी, विभागले प्लाष्टिक झोलामा प्रतिबन्ध लगाए पनि कोरोना महामारीलगायत कारणले गर्दा प्रभावकारी अनुगमन नभएर प्रयोग झनै बढिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
