Jankari Kendra
२९ भाद्र २०८३, सोमबार
Worldlink

महानगरले एक साता नउठेको फोहोर भोलिदेखि संकलन गर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ११
महानगरले एक साता नउठेको फोहोर भोलिदेखि संकलन गर्ने

काठमाडौं।  काठमाडौं फोहोर पालिकाको फोहोर भोलिदेखि संकलन हुने भएको छ । महानगरले आज सूचना जारी गरी भोलिदेखि फोहोर संकलन हुने बताएको हो । सूचनामा भनिएको छ, ‘भोलि १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईंको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ ।’

सिसडोलमा बाटो निर्माण गर्ने भन्दै महानगरले साउन ४ मा एक साता फोहोर नउठाउने निर्णय गरेको थियो । महानगरले एक साता फोहोर नउठेएपछि फोहोर व्यवस्थापन गरिदिने महानगरवासीमा धन्यवादसमेत व्यक्त गरेको छ ।

‘महानगरपालिकाद्वारा साउन ४ मा जारी गरिएको सूचनाबमोजिम आफ्नो घरभित्र फोहोरको अल्पकालीन व्यवस्था गरी सडक, चोक, गल्ली फोहोर हुनबाट रोकी सफा, स्वच्छ महानगर बनाउने कार्यमा अतलुनीय योगदान गर्नुभएकोमा महानगरवासीलाई हार्दिक धन्यवाद’, सूचनामा भनिएको छ । महानगरले फोहोर सार्वजनिक स्थान तथा चोकमा नराखी घरमै छुट्याएर राख्नसमेत अनुरोध गरेको थियो ।

Top Changing Nepal

युट्युब सट्स