Jankari Kendra
११ श्रावण २०८३, सोमबार
Worldlink

नुवाकोटमा खोलाले बगाएर वडा सदस्यको मृत्यु

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, श्रावण, ११
नुवाकोटमा खोलाले बगाएर वडा सदस्यको मृत्यु

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले मंगलबार साँझ बेलकोटगढीको वडा नम्बर १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको बताए ।

वडा नम्बर १० स्थित द्धारिका टहरोमा खोला तर्दै गर्दा उनलाई बगाएको जनाइएको छ । उनी खेतमा काम गरेर फर्कने क्रममा थिइन् । तामाङको शव करिब एक किलोमिटर तल वडा नम्बर १२ को रैकरे चौतीसमा भेटिएको थियो । उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।

Top Changing Nepal

युट्युब सट्स