महानगरमा स्केट बोर्डिङ र बी बोइङ प्रवर्द्धन गर्न ‘यमबुद्ध पार्क’ बनिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले दिवंगत र्यापर यमबुद्धको सम्झनामा वडा नम्बर १६मा ‘यमबुद्ध पार्क’ निर्माण गर्ने जनाएको छ ।
महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८०को वाषिर्क बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै पार्क बनाउन १ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । महनगरको पूर्वाधार विकास विभागका एक अधिकारीले नयाँ पुस्तालाई बी बोइङ र स्केटबोर्डिङमा प्रोत्साहित गर्न शहरभित्र पूर्वाधारसहितको पार्क बनाउने योजना बनाएको जानकारी दिए ।
उनले ‘बी बोइङ’ ब्रेकडान्सिङ नृत्यको एउटा ऊर्जावान शैली रहेको बताए । जुन हिपहप संगीतमा प्रदर्शन गरिन्छ, कलात्मक फुटवर्क र एक्रोबेटिक वा एथलेटिक शैलीको नाच हो । त्यस्तै, स्केटबोर्डिङ भने पांग्रा जोडिएको स्केटमा हिंड्ने फरक शैलीको खेल हो ।
यसैगरी, महानगरपालिकाले बजेटमा नै यो रकम पार्क निर्माण, बास्केटबल कोर्ट, स्केट बोर्डिङ, बी बोइङसहितको पार्क बनाउने उल्लेख छ । बजेटमा अन्य संरचना पनि बनाउने भनिए पनि केके हुने भन्ने थप खुलाइएको छैन । यसअघि यमबुद्धको सलिक बनाउने घोषणामा मेयर साह विवादित बनेका थिए । महानगरवासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो । फेसबुकमा स्टाटस लेख्दै बालेनले आफ्नो तलबको रकमबाट यमबुद्धको सालिक बनाउने घोषणा गर्नु परेको थियो ।
हाल प्रस्तावित युमबुद्ध पार्कमा अब यमबुद्धको सालिक रहने वा नहरने बारे बजेटमा उल्लेख गरिएको छैन ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


