४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि
न्युयोर्क। वर्षौअघि लेखिएको सन्देश फेला पर्दा कस्तो अनुभूति हुन्छ । निश्चय नै अनौठो लाग्न सक्छ । भर्जिनियाको योर्क नदीको किनारमा हिँडिरहेका एक बाबु छोराले ४४ वर्ष पहिले एक किशोरले फालेको बोतलभित्र सन्देश भेट्टाएका छन् ।
सोमबार आफ्नो छोरासँग योर्क रिभर स्टेट पार्कनजिक हिंडिरहेका बेला ब्रायन डेलिगेले नदीको किनारमा एउटा पुरानो सिसाको पेप्सीको बोतल भेट्टाएका थिए । बोतललाई नदीको छालले किनारमा धकेलेको उनको अनुमान छ ।
बोतलभित्र एउटा नोट फेला परेको थियो । उक्त नोट बालकले लेखेको प्रष्टै चिनिन्थ्यिो । नोटमा फोन नम्बर पनि समावेश थियो । नोटमा ‘डोन केनड्रिक’ लेखिएको थियो । फोन नम्बर ‘एक्सपायर’ भएकाले त्यसबाट सम्पर्क असम्भव थियो । तर, डेलिगेकी श्रीमती मेगन डेलिगेले फेसबुकमा त्यो नोटबारे फोटो पोस्ट गरिन् । उनको पोस्ट एक घण्टा भित्र सयौं पटक सेयर गरियो ।
सेयर भएको पोस्टले ट्रेसी केन्ड्रिकको ध्यान खिच्यो । उनका पति, डनले ४४ वर्ष पहिले तीनवटा सन्देशसहित बोतल नदीमा फ्याँकेका थिए । बोतल फाल्दा उनी १२ वर्षका थिए ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
