काठमान्डाैं, राैतहट,चितवन र उदयपुरमा सवारी साधन दुर्घटना – जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, ४
काठमाडौं : चन्द्रागिरी नगरपालिका–१८ सतुङ्गलमा नम्बर नखुलेको सवारी साधनले मंगलबार ठक्कर दिंदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन खुल्न नसकेका करीव ३२ वर्षीय साइकलयात्री पुरुषको बीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मृतकको साथबाट ओखलढुङ्गा ठेगाना भएको विदुरकुमार वुढाथोकी नामको सवारी चालक अनुमतिपत्र फेला परेको छ । ठक्कर दिने सवारी साधनको खोजी भइरहेको छ ।
रौतहट : गरुडा नगरपालिका–१३ जयनगरस्थित वीरेन्द्र राजमार्गमा बिआर ३० बि ५४९५ नम्बर र बिआर ३० के ६९७६ नम्बरका मोटरसाइकल मंगलबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मठिया बस्ने ६० वर्षीय शेष इद्रिसको गरुडा अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको छ । घाइतेमध्ये २ जनालाई उपचारको लागि गरुडा मेडिकल र २ जनालाई वीरगंज पठाइएको छ ।
चितवन : रत्न नगरपालिका–७ स्थित बेल्सीपुल नजिक ना.५ ख २८५ नम्बरको यात्रुबाहक बस मंगलबार दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएकोमा नयाँ मेडिकल कलेज भरतपुरमा उपचारकोक्रममा चालक झापाका ३५ वर्षीय राजु खतिवडाको मृत्यु भएको छ ।
उदयपुर : साउने–१ स्थित सगरमाथा राजमार्गमा बा.२ ख ७६५६ नम्बरको मिनीट्रक मंगलबार दुर्घटना हुँदा ट्रकमा सवार खोटाङ्ग बतासे–२ बस्ने १९ वर्षीया श्रद्धा राईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालकसहित ३ जनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
