बन्दुक खेलाउने क्रममा पड्कदा मृत्यु- जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, ६
दशैमा मामा घर गएको अवस्थामा भरुवा बन्दुक खेलाउने क्रममा बन्दुक पड्कन जाँदा भोजपुरको देवानटार–७ बस्ने जस बहादुर राईको १० बर्षीय छोरा राजाराम राईको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
रानिवास–३ दितेनीस्थित मामाघर गएको अवस्थामा मृतकका दाजु १४ बर्षीय भरत राईले मामाघरमा रहेको भरुवा बन्दुक खेलाउने क्रममा विहीबार बन्दुक पड्कन गएर लाग्दा राजारामको घटनास्थलमै मृत्यु भएको थियो ।
भरत राईलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

