• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, साउन ३०, २०८२
बिहीबार, साउन ३०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मन्त्रीपरिषदद्दारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित

एउटा खतरानाक समुन्द्री मार्ग, जसले १० बर्षमा निल्यो २५ हजार बढी आप्रावासी

रौतहटमा करेन्ट लागेर किशोरीको मृत्यु

समुन्द्रमा ६० लाख ‘स्टार फिस’ मारिए पछि बैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्याे नयाँ भाइरस्

२०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन

अपि पावरले मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना अधिग्रहण, उत्पादन क्षमता ११२ मेगावाट पुग्ने

प्रभु बैंकको नाफामा ९६५प्रतिशत वृद्धि, वितरणयोग्य नाफा ऋणात्मकबाट धनात्मकमा

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • ४. आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. रिलिज अघि नै तोडयो ‘वार २’ले शाहरूखको जवान र पठानको रेकर्ड

  • ७. साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

  • ८. आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ वर्षा ?

  • ९. २०८२ श्रावण २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. दरमखोला हाइड्रो इनर्जीको आईपीओ यस साता बाँडफाँट हुने

भुम्लुमा रेबिजको त्रास स् २८९ जनालाई खोप

काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाको सात गाउँका स्थानीय हाल प्राणघातक रोग रेबिजको डरले त्रसित अवस्था बस्न बाध्य छन् । भुम्ल –१ स्थित सापिङ, कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से र खोलमबारीमा रेबिजविरुद्ध दुई सय ८९ जनालाई खोप लगाइएको छ ।

बितेको एक महिनाका अवधिमा चार दर्जनभन्दा बढी पशुचौपाया मरेपछि भुम्लुको सात गाउँका स्थानीय त्रसित भएका हुन् । मरेका पशुचौपायाको परीक्षण गर्दा रेबिज रोग पुष्टि भएपछि स्थानीय दुई सय ८९ लाई रेबिजविरुद्धको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । मरेको पशुचौपायाको मासु खाएका १९ परिवारका ५१ सहित दुई सय ८९ लाई स्थानीय अस्पतालको सहयोगमा रेविजविरुद्धको खोप लगाइएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले जानकारी दिए ।

उनका अनुसार जिल्लास्थित स्वास्थ्य कार्यालय, भुम्लु गाउँपालिकाको स्वास्थ्य शाखा तथा पशु स्वास्थ्य शाखाद्वारा परीक्षणसँगै रोकथामको प्रयास भइरहेको छ । “मरेको भैँसीको मासु खाएका थप स्थानीय नखुल्दा रोकथाममा समस्या निम्तिन सक्छ, रेबिजको पहिचान, परीक्षण र रोकथाम सुरुआत गरिएको छ”, उनले भने । गत बिहीबार भुम्लुबेँसीमा मरेको राँगोमा रेबिज रोग पुष्टि भएपछि स्थानीय थप त्रसित बनेका हुन् ।

स्थानीयका अनुसार हाल गाउँपालिकाको वडा नं १ सहित ७ र ८ मा पनि रेबिज सङ्क्रमणको जोखिम बढेको छ । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सुदर्शन भट्टराईका अनुसार भैँसी, गाई, कुकुर, बाख्रा मरेका छन् । रेबिज सङ्क्रमित कुकुरले पशुचौपाया तथा कुकुरलाई टोकेका कारण मृत्यु भएको हो ।

भारतीगाउँ र आरनगाउँका स्थानीयले केही कुकुरलाई नियन्त्रणमा लिई मारेका छन् । स्थानीय दावा लामाका अनुसार पछिल्ला दिनमा पशुचौपाया मरिरहेकाले गाउँमा रेबिजको त्रास फैलिएको छ । जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बाख्रा पनि मरेकाले थप परीक्षण भइरहेको जनाएको छ । केन्द्र प्रमुख पशु चिकित्सक राजकुमार हुमागाईँले रेबिज रोकथामका उपाय अपनाइएको बताए । उनका अनुसार पशुचौपायाको अवस्था तथा सङ्क्रमणबारे पनि अनुगमनको काम भइरहेको तथा पशुलाई पनि खोप दिने काम भइरहेको छ ।

शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट छिमेकी गाउँपालिका चौँरीदेउराली–६ मा गत वर्ष एक महिनाको अवधिमा एक आठ वर्षीय बालक र दुई पुरुषको मृत्यु भएको थियो । त्यसयता काभ्रेपलाञ्चोकमा रेबिजका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भुम्लुमा हालसम्म मानिसमा कुनै लक्षण नखेखिएको तर खोपसहित निगरानीमा भने राखिएको जनाइएको छ । हाल केही स्थानीयको भैँसीले ¥याल काढिरहेकाले पशुमा पनि रेबिजविरुद्धको खोप लगाइएको हो । “त्यस क्षेत्रमा कुकुरबाट बच्न र अब उप्रान्त मरेको कुनै पनि पशु–चौपाया नखान आग्रह गरेका छौँ”, हुमागाईँले भने । उनका अनुसार घटनाक्रमले जिल्लामा रेबिज रोगको सङ्क्रमण केही वर्ष नै रहिरहने देखिएको बताए ।

रेबिज लागेको कुकुर तथा अन्य जनावारले मानिसलाई टोकेमा मृत्यु निश्चित हुन्छ । एक वर्षअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ । हाल भुम्लुमा आमा समूह, स्वास्थ्यचौकी, विद्यालय, सर्वसाधारण तथा विभिन्न सङ्घसंस्थाले रेबिजविरुद्धको सचेतनाका अभियान सुरु गरेका छन् ।

चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन । काँचो दूध, मासु खाँदा रेबिज रोग सर्छ । ९९ प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्दछ । कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिज लागेको कुकुरले मान्छे, पशुपक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ ।

सम्भावित जोखिम न्यूनीकरण गर्न केन्द्रमा पर्याप्त भ्याक्सिन राखिएको छ । चिकित्सकका अनुसार सुरुमा घरपालुवा वा अन्य जनावरको ¥यालमा रहेका रेबिज भाइरस टोकाइबाट शरीरमा प्रवेश गर्दछ । भाइरस रगतबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्ने र गिदी सङ्क्रमित भएपछि मात्रै लक्षण देखिन थाल्ने गर्दछ ।

प्राणघातक रेबिज रोग नियन्त्रणका लागि अन्तर्राष्ट्रियरुपमा जनचेतना जगाउन तथा सरोकारवालहरुबीच एक्येबद्धता प्रकट गर्न प्रत्येक अङ्ग्रेजी वर्षको सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’को रूपमा मनाउने गरिएको छ ।

नेपालमा बर्सेनि दुई सय बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको स्वास्थ्य तथ्याङ्कले देखाएको छ । विश्वका एक सय ५० देशमा हरेक वर्ष रेबिज रोगबाट ५९ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क पनि छ । आगामी सन् २०३० सम्ममा विश्वमै रेबिज रोग उन्मूलन गर्ने लक्ष्यसमेत लिइएको छ । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एउटा खतरानाक समुन्द्री मार्ग, जसले १० बर्षमा निल्यो २५ हजार बढी आप्रावासी
    टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन
    अपि पावरले मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना अधिग्रहण, उत्पादन क्षमता ११२ मेगावाट पुग्ने

    लोकप्रिय

    २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    मन्त्रीपरिषदद्दारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित

    एउटा खतरानाक समुन्द्री मार्ग, जसले १० बर्षमा निल्यो २५ हजार बढी आप्रावासी

    रौतहटमा करेन्ट लागेर किशोरीको मृत्यु

    समुन्द्रमा ६० लाख ‘स्टार फिस’ मारिए पछि बैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्याे नयाँ भाइरस्

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • मन्त्रीपरिषदद्दारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित
    • एउटा खतरानाक समुन्द्री मार्ग, जसले १० बर्षमा निल्यो २५ हजार बढी आप्रावासी
    • रौतहटमा करेन्ट लागेर किशोरीको मृत्यु
    • समुन्द्रमा ६० लाख ‘स्टार फिस’ मारिए पछि बैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्याे नयाँ भाइरस्
    • २०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.