ओलीले सुझाए तीन दिनमै विधेयक पारित हुने उपाय
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकबारे मुख फोरेका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारको प्रश्नमा उनले नागरिकता विधेयकमा सत्ता पक्षले पाखुरा देखाउने काम गरेको आरोप लगाए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे दिएको सुझावलाई बेवास्ता गरेर सरकारले पाखुरा देखाइरहेको टिप्पणी गरे । नागरिकता विधेयक फिर्ता गरेर एक लाइन थपेमा तीन दिनमै पारित हुने बताए ।
‘नागरिकता विधेयक संशोधन गरेर जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता पाउनेछन् भन्ने विधेयकमा स्पष्ट रुपमा लेखे तीन दिनमै पारित हुन्छ,’ ओलीले भने । सरकारले नागरिकता विधेयक राकेर राख्ने रणनीति बनाएको आरोप लगाए ।
ओलीले चार जना नेता मिलेर देशमा लुटतन्त्र मच्चाएको आरोप लगाए । उनले नाम नलिई प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवतर्फ संकेत गरे । उनीहरुले नेतृत्व गरेको चारवटै दल सरकारमा छन् ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


