Jankari Kendra
२५ श्रावण २०८३, सोमबार
Worldlink

देवीलाई खुसी पार्न जिब्रोको बलि दिंदा अवस्था गम्भीर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २७
देवीलाई खुसी पार्न जिब्रोको बलि दिंदा अवस्था गम्भीर

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित एक हिन्दू मन्दिरमा बलि चढाउनका लागि जिब्रो काटेपछि एक भारतीय किसानको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

भारतको उत्तरी राज्य उत्तर प्रदेशको प्रसिद्ध मन्दिरमा शनिबार ४० वर्षीया उनले खल्तिबाट छुरी निकाली जिब्रो काटेर एक्कासी देवीलाई चढाएका थिए । उक्त घटनाले दर्शनार्थीको भीडलाई आतङ्कित पारेको थियो ।

अनुसन्धान अधिकारी अभिलाष तिवारीका अनुसार ती व्यक्ति र उनकी श्रीमतीले चक्कु निकालेर जिब्रो काटेर मन्दिरको ढोकामा राख्नुअघि पूजा अर्चना गरेका थिए ।

तिवारीले भने, “मन्दिरमा तैनाथ हाम्रा अधिकारीहरूले उनलाई अन्य भक्तजनहरूको सहयोगमा अस्पताल पुर्‍याएका थिए ।

पत्नीले प्रहरीलाई बताएअनुसार उनका पतिले देवीलाई रिझाउन आफ्नो जिब्रो ‘बलि’ दिएका थिए तर यसको कारणबारे थप बताउन सकिनन् ।

आत्म–अङ्गभङ्ग र मानव बलिदान पनि भारतीयमा समस्याको रूपमा रहेको छ । भारतीयहरू कहिलेकाहीं देवताहरूलाई खुसी पार्न विचित्र कार्यहरू गर्दछ ।

गत वर्ष भारतका दुई राज्यमा २० वर्ष काटेका दुई पुरुषले जिब्रो काटेर देवतालाई चढाएका थिए । सन् २०२० मा एक हिन्दू पुजारीले एक स्थानीय किसानको टाउको काटेर बलिको रूपमा टाउको चढाएका थिए ।

Top Changing Nepal

युट्युब सट्स