अनसन बस्न धनगढी हिँडे गोविन्द केसी
काठमाडौं । चिकित्सा शिक्षा सुधारको लागि सक्रिय डा। गोविन्द केसी अनसन बस्न धनगढी पुगेका छन् । यसअघि केसीले ७ बुँदे माग अघि सारेका थिए । सरकारले आफूले दिएको समयमा पनि मागबारे कुनै सुनुवाई नगरेकोले उनी अनसन बस्न आज (सोमबार) धनगढीतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
केसीका सहयोगी प्रितम सुवेदीले लेखेका छन्–‘सरकारले दुई साता समय मागेर पनि मागहरु पूरा नगरेकाले ७ बुँदे मागसहित आज साँझ ५ बजेदेखि सत्याग्रह शुरु गर्न डा केसी धनगढी जाँदै हुनुहुन्छ ।’ यसअघि डा। केसीले भदौ १२ गते पत्रकार सम्मेलन गर्दै ७ बुँदे मागसहित अनसनको घोषणा गरेका थिए ।
उनले अघि सारेका मागमा तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गरिनुपर्नेलगायत छन् ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

