• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ फागुन २०८२, मङ्गलबार
१२ फागुन २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला

निर्वाचन आयोगद्धारा शिक्षक र स्वास्थ्यकर्मीलाई आतारसंहिता पालना गर्न कडा चेतावनी

सुनको मूल्य तोलामा एक हजार तीन सय रूपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बसन्तपुरमा रङ्गीचङ्गी चीर ठड्याएर सुरु भयो आजदेखि होली पर्व

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

लोकप्रिय समाचार

  • १. २०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

  • ३. धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

  • ४. अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

  • ५. दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

  • ६. २०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ फागुन १० गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने

  • १०. मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

बागलुङमा ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान

काठमाडौँ । नेपालमा पछिल्लो समय महामारीको रुपमा फैलन थालेको डेङ्गु रोग रोकथामा लागि जिल्ला स्वास्थ्य कार्यालयले सचेतनासहित ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान थालेको छ । डेङ्गुको सङ्क्रमणबाट बच्न सुरुमा आफ्नै घर वरपर रहेको पानी जम्ने खाल्टाखुल्टी पुर्ने, गमलामा जम्मा भएको पानी फाल्ने र रामखुट्टेको लार्भा फाल्नका लागि सेचतनामूलक कार्यक्रम वडा वडामा पु¥याउन थालिएको उक्त कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख तथा जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार जिल्लामा उच्च गतिमा फैलिएको डेङ्गु सङ्क्रमणबाट बच्नका लागि बिहीबारदेखि विभिन्न सचेतनामूलक अभियान र डेङ्गुको लार्भा नष्ट अभियान थालिएको हो ।

“बागलुङमा डेङ्गु सङ्क्रमण बढ्दो क्रममा छ, पछिल्लो १० दिनमा २० जनामा सङ्क्रमण भइसकेको छ, रोकथामका लागि हामीले बिहीबारदेखि नै काम सुरु गरेका छौँ, सरोकारवाला निकायलाई डेङ्गुबारे सचेतना गराएका छौँ भने पत्रकारमार्फत पनि नागरिकलाई सचेत गराएका छौँ”, उनले भने, “नागरिकको घरबाटै डेङ्गु सङ्क्रमण रोक्न अभियान थालेको छौँ, यसलाई वडा तहमै पु¥याइने छ, घरमा जमेको पानी र पानीमा रहेका लार्भालाई खोजौँ र नष्ट गरौँ भन्दै घरघरमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवाला निकायलाई पठाइनेछ ।”

कार्यालयका अनुसार शुक्रबारदेखि जिल्लाका सबै पालिकामा सचेतनामूलक कार्यक्रम गर्ने, स्वास्थ्य सूचना प्रसारण गर्ने, विद्यालयमा स्वास्थ्य शिक्षा दिनेलगायतका कार्यक्रम तय गरिएको छ । बागलुङस्थित धौलागिरि अस्पतालकाका डा रायना श्रेष्ठका अनुसार एडिज नामको लामखुट्टेको टोकाइबाट सर्ने उक्त रोगबाट बच्नुको पहिलो उपायनै लामखुट्टेको टोकाइबाट बच्ने हो, त्यसको अलवा झुलको प्रयोग गर्ने र घर वरपर पानी जम्न नदिनु हो ।

डेङ्गु एक भाइरसद्वारा लाग्ने सङ्क्रमण हो, जुन एडिज नामको लामखुट्टेको टोकाइबाट हुने गर्दछ । विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन् । डेङ्गु भाइरस चार प्रकारका हुने प्रमाणित भइसकेको र यी सबै नेपालमा पाइने गरेका छन् । एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बा हुन्छन्, त्यसैले गर्दा यसलाई टाइगर लामखुट्टे पनि भनिन्छ यो रामखुट्टेबाट मात्रै डेङ्गुको रोग सङ्क्रमण हुने गरेको छ ।

यसले दिउँसो टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ । पोथी लामखुट्टेले आफ्नो अण्डाको विकासका लागि रगत चुस्ने गर्दछ । आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा यसले करिब तीन सयवटा अण्डा पार्दछ । डेङ्गु रोग लागेपछि अचानक ज्वरो आउने, वाकवाकी लाग्ने र अचेत हुनेलगायतका लक्षण देखा पर्दछन् । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग
नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला
निर्वाचन आयोगद्धारा शिक्षक र स्वास्थ्यकर्मीलाई आतारसंहिता पालना गर्न कडा चेतावनी

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

ताजा

२०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला

निर्वाचन आयोगद्धारा शिक्षक र स्वास्थ्यकर्मीलाई आतारसंहिता पालना गर्न कडा चेतावनी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
  • युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग
  • नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला
  • निर्वाचन आयोगद्धारा शिक्षक र स्वास्थ्यकर्मीलाई आतारसंहिता पालना गर्न कडा चेतावनी
  • सुनको मूल्य तोलामा एक हजार तीन सय रूपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.