निर्वाचन प्रकृया आजदेखि सुरु
काठमाडौँ । नयाँ संविधान जारी भएपछि प्रतिनिधि सभा र प्रदेश सभाको अवधिका लागि निर्वाचन प्रक्रिया आइतबार सुरु हुँदै छ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दै छ । प्रतिनिधि चयनको तयारी निर्वाचन आयोगले दुई महिना अगाडिदेखि नै सुरु गरिसकेको छ तर बन्दसूची पेस गर्ने समयदेखि मतदानसम्म आइतबारदेखि ६३ दिन बाँकी छ ।
राजनीतिक दलहरूलाई समानुपातिकतर्फको बन्दसूचीमा नाम पेस गर्न असोज २ र ३ गते दुई दिनको समय दिइएको छ । आगामी चुनावबाट सङ्घीय संसद्मा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष०तर्फ १६५ जना सदस्य निर्वाचित हुनेछन् ।
राजनीतिक दलहरूले बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्छ । त्यसैगरी समावेशी सिद्धान्तबमोजिम उम्मेदवारको नाम पेस गर्नुपर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ ।
समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची पेस गर्नेदेखि सबै प्रक्रिया निर्वाचन आयोगमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न हुनेछ । राजनीतिक दलले बन्दसूचीमा नाम पेस गरेको केही दिनभित्रै आयोगले निर्वाचन आचारसंहितासमेत लागू गर्ने तयारी गरेको छ । प्रत्यक्षतर्फको निर्वाचन प्रक्रिया सुरु गर्न आयोगले असोज ११ गते निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत नियुक्त गर्नेछ । असोज २३ गतेदेखि प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सुरु हुनेछ । उक्त दिन नै मनोनयन दर्ता सुरु गर्नका लागि असोज २१ गते प्रत्येक निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरणपछि राजनीतिक दल तथा उम्मेदवारहरू निर्वाचन प्रचार प्रसारमा जुट्नेछन् । कात्तिक २५ गतेभित्र आयोगले अधिकांश मतपत्र छाप्ने कार्य टुङ्ग्याउने, मतदान सामग्री ढुवानी गर्ने, मतदान अधिकृत र कर्मचारी नियुक्त गर्नेगरी निर्वाचन तालिका छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म हुने मतदानभन्दा ४८ घण्टाअगाडि मङ्सिर १ गते राति १२ बजेदेखि निर्वाचन प्रचार प्रसारमा रोक लगाइनेछ । आयोगले मतदान सकिएलगत्तै प्रक्रिया पूरा गरेर मङ्सिर ४ गतेदेखि नै मतगणना सुरु गर्ने जनाएको छ ।
निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएपछि आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पठाउनेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान गरेपछि प्रतिनिधि सभाको नयाँ कार्यकाल सुरु हुनेछ ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


